Showing posts with label Business. Show all posts
Showing posts with label Business. Show all posts
सुकुटी माछा’ किलोको रु पाँच हजार

सुकुटी माछा’ किलोको रु पाँच हजार

बागलुङ, १८ कात्तिक । बागलुङको दरमखोलामा पाइने असला माछा सुकाएर बेच्दा प्रतिकिलो रु. पाँच हजारमा बिक्री हुने गरेको छ । आलो माछाको मूल्य भने प्रतिकिलो रु पाँच सय रहेको छ । दुई वर्षअघि रु तीन हजार पर्ने ‘सुकुटी माछा’को मूल्य अहिले बढेर रु पाँच हजार पुगेको हो । सुकेको माछाको माग र रोजाइृ बढेपछि मूल्य पनि बढेको हो । छुट्टिमा नेपाल आएकाले जापानलगायतका मुलुकमा जाँदा सुकुटी लिएर जाने प्रचलन नै बसेको छ । विदेशमा रहेका आफन्तलाई पठाउने आकर्षक कोसेली पनि सुकेको माछा बन्ने गरेको छ । गाउँमा भन्दा विदेश लैजानेले महङ्गो मूल्य तिरेर माछा किन्ने गरेको मल्म–६ आँगाखेतका व्यवसायी बाबुराम केसीले बताउनुभयो । “सुकाएको माछाको माग अत्याधिक छ,” उहाँले भन्नुभयो– “जापानमा बाहेक काठमाडौँ, पोखरासम्म पुग्ने गरेको छ ।” स्वादका हिसावले असला माछा ग्राहकको रोजाईमा पर्ने गरेको व्यवसायीको भनाइ छ । दरमखोलाको माछा यस क्षेत्रमै प्रख्यात छ । पासा थापेर र जाल हानेर मारेका माछालाई व्यवसायीले आलै र सुकुटी बनाएर बेच्ने गरेका छन् । जिल्लाको मल्म र काँडेबास क्षेत्रमा मात्रै दैनिक ५० जनाभन्दा बढी व्यक्तिले माछा मार्ने गर्छन् । माछा मार्ने व्यक्ति केहीले आफँै सोझै उपभोक्तालाई बेच्ने गर्छन् भने केहीले कम मुनाफा राखेर अर्को व्यवसायीलाई बेच्ने गरेका छन् । सुकेको माछाको माग बढ्दै गएपछि मूल्य पनि वृद्धि हुँदै गएको हो । दसैँ मान्न घर आउनुभएका मल्म–६ का प्रशान्त थापाले जापान फर्कँदा सुकुटी माछा लैजान किनेर जोहो गरिसकेको बताउनुभयो । जापानमा दरमखोलाको माछा सबैका लागि महत्वको ‘चीज’ बन्ने गरेको उहाँको भनाइ छ । स्थानीय उपभोक्ता तथा होटल–रेष्टुराँमा जाने ग्राहकका लागि पनि माछा रोजाईमा पर्ने गरेको मल्म–७ बाँस्खोलाका व्यवसायी मनराज रानाले बताउनुभयो । “माछा मार्न सकियो भने बिक्रीको लागि कुनै समस्या छैन” उहाँले भन्नुभयो । खोलामा बम हान्न, विष हाल्न र विद्युतीय शक्ति लगाएर माछा मार्न प्रतिबन्ध लगाइएको छ । स्थानीय प्रशासनले पनि अनाधिकृतरुपमा माछा मार्ने कार्यलाई रोक्न निगरानी बढाएको छ । दरमखोला आसपासका क्षेत्रमा बसोबास गर्ने कतिपय परिवारको जीविका माछा मार्ने रहेको छ । माछा मार्ने र माछाका परिकार उपलब्ध गराउने होटल–रेष्टुराँका व्यवसायीले पर्याप्त आम्दानी गर्दै आएका छन् । रासस
Read More
विराटनगरबाट सार्वजनिक यातायातका बस सुचारु

विराटनगरबाट सार्वजनिक यातायातका बस सुचारु

विराटनगर, १८ कात्तिक । असी दिनदेखि ठप्प रहेको सार्वजनिक यातायातका बस आजदेखि सञ्चालनमा आएका छन् । जारी मधेस आन्दोलनमा बन्द रहेको यातायात सेवा आज बिहानदेखि विराटनगर बसपार्कबाट इटहरी हुँदै पूर्वको काँकडभिट्टा, विर्तामोड र भद्रपुरतर्फ सञ्चालन भएका छन् । विराटनगरको नगर क्षेत्रमा भने विद्युतीय रिक्सा, टेम्पोलगायत छोटो सार्वजनिक यातायातका गाडी लामो समयदेखि निर्वाध रुपमा गुडिरहेका छन् । ठूला सार्वजनिक यातायातका सवारी साधनहरु आजदेखि निर्वाध रुपमा सञ्चालनमा ल्याउनका लागि मङ्गलबार यातायात मजदुर र व्यवसायीले विराटनगरमा छलफल कार्यक्रमको आयोजना गरेका थिए । विभिन्न राजनीतिक दलका साथै बन्दकर्ता दलका प्रतिनिधिको उपस्थितिमा यातायात मजदुर र व्यवसायीले लामो समयको बन्दका कारण जनजीवन अस्तव्यस्त हुनुका साथै भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएकाले आजदेखि बस, माइक्रोबस र टेम्पोलगायत सवारी साधन चलाउने घोषणा गरेका थिए । रासस
Read More
भारतीय भन्सारले रोकेपछि पूर्वी नाकामा पाँचसय गाडी अलपत्र

भारतीय भन्सारले रोकेपछि पूर्वी नाकामा पाँचसय गाडी अलपत्र

काँकडभिट्टा (झापा), १८ कात्तिक । पूर्वीनाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्ने अनुमति पर्खिरहेका इन्धन बोकेका तीसवटा ट्याङ्करसहित ५०० भन्दा बढी नेपाली मालबाहक गाडी भारतीय नाका पानीट्याङ्कीमा अलपत्र परेका छन् । आज बिहान पाँचवटा सामान्य सामान बोकेका नेपाली गाडी मात्र नेपाल प्रवेश गरेका छन् । भारतीय नाकामा भन्सार प्रशासनले सुरक्षा निकायको निर्देशन बिना गाडी पास गराउन नसक्ने बताउँदै आएको छ । मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लय भण्डारीले पर्याप्त तेल आउन नपाउँदा इन्धन समस्या झन् जटिल बन्न थालेको बताउनु भएको छ । उहाँका अनुसार हिजो काँकडभिट्टा नाकाबाट एक टयांकर हवाई इन्धन र एउटा ग्यासको बुलेट मात्र भित्रिएका छन् । पेट्रोल र डिजेल बोकेका गाडीलाई भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्नुपर्ने बहानामा रोकिराखेका छन् । वीरगन्जमा प्रहरीसँगको झडपमा भारतीय नागरिक मारिएको घटनापछि पूर्वी नाकामा भारतीय सुरक्षाकर्मीले माथिको आदेश भन्दै नेपाली गाडीलाई प्रवेश अनुमति दिन कडाइ गरेका हुन् । काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्याम अधिकारीले भारतको पानीट्याङ्की नाकाबाट तीन दिनदेखि गाडी आउने क्रम कम हुँदै गएको बताउनुभयो । पानीट्याङ्की नाकादेखि भारतको अर्को बजार नक्सलबाडीसम्म नेपाली गाडी राजमार्गमा लाम लागेका छन् । त्यस क्रममा नेपाली सामान र चालकको असुरक्षा बढेको ढुवानी व्यवसायी बताउँछन् । रासस
Read More
पेट्रोलियम पदार्थ भर्न अब ब्ल्युबुक अनिवार्य

पेट्रोलियम पदार्थ भर्न अब ब्ल्युबुक अनिवार्य

झापा, १८ कात्तिक । झापाका पेट्रोल पम्पबाट सवारीसाधनमा इन्धन भर्दा अबदेखि अनिवार्य रुपमा सवारी दर्ता किताब ब्ल्युबुक चाहिने भएको छ । पेट्रोलियम पदार्थमा भएको अनियमितता रोक्न बजार व्यवस्थापन तथा आपूर्ति व्यवस्थापन समिति झापाले सवारीसाधनमा इन्धन वितरण गर्दा पेट्रोल पम्पले सवारीधनीले आफ्नो सवारीसाधनको नवीकरण गरेको सवारी दर्ता किताब देखाएपछि त्यस्ता सवारीसाधनमा मात्र इन्धन वितरण गर्न पेट्रोल पम्पलाई निर्देशन दिएपछि सवारीसाधनमा इन्धन भर्न ब्ल्युबुक अनिवार्य भएको हो । जिल्ला प्रशासन कार्यालय झापामा मङ्गलबार साँझ बसेको बैठकले आजका मितिदेखि यस्तो नियम लागू गर्न लागेको जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत राजु दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार इन्धन भर्न पुगेका सवारीसाधनको ब्ल्युबुकको कैफियत लेखिएको पानामा इन्धन भरेको मिति, परिमाण उल्लेख गरेर मात्र इन्धन उपलब्ध गराउन पेट्रोल पम्पलाई निर्देशन भइसकेको छ । त्यस्तै ग्यास र इन्धन ओसारपसार गर्ने सवारीसाधनबाहेक अन्य सवारीसाधनमा इन्धन र ग्यास बोकेर ढुवानी गर्न नपाइने भएको छ । सैगरी हाल सञ्चालनमा आएका लामो दूरीका सवारीसाधनलाई ५० प्रतिशतमा सिमित राखी सञ्चालनमा ल्याउने, काठमाडौँ जाने रात्रि बस २५, धनकुटा जाने दुई र ताप्लेजुङ जाने १५ वटा मात्र बस सञ्चालन गर्ने निर्णयसमेत भएको प्रशासकीय अधिकृत दाहालले बताउनुभयो । रासस
Read More
कुन-कुन पम्पबाट पेट्रोल पाइन्छ ? हेर्नुस पम्पहरुको नामावली

कुन-कुन पम्पबाट पेट्रोल पाइन्छ ? हेर्नुस पम्पहरुको नामावली

काठमाडौँ, १७ कात्तिक । नेपाल आयल निगमले राजधानीमा पेट्रोल वितरणका लागि पम्पहरुको नाम सार्वजनिक गरेको छ । आयल निगमले लटका आधारमा तेल दिने पेट्रोल पम्पहरुको सूची मंगलबार सार्वजनिक गरेको हो । निगमले लटका आधारमा बिहीबारबाट तीन दिनसम्म निजी मोटरसाइकल र कारलाई तेल बाँड्ने भएको छ । मोटरसाइकलका लागि बिहीबार १ देखि ३० लटसम्म, शुक्रबार ३१ देखि ५० लटसम्म र शनिबार ५१ देखिमाथिको लटका लागि पेट्रोल दिइने निगमले जनाएको छ । यस्तो छ पम्पहरुको सूचीः
Read More