कार्तिक १८, २०७२- मिस नेपाल इभाना मानन्धर मंगलबार सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रमा रहेका हात्तीलाई कुची (परालले बरेको खाना) खुवाउँदै थिइन् । सामान्य पोसाकमा सजिएकी उनको मुहार हँसिलो देखिन्थ्यो । चितवन निकुञ्जअन्तर्गत नन्दभाउजू उपभोक्ता समितिले नवलपरासीको कोलवामा आइतबारबाट सञ्चालन गरेको राइनो गोल्ड कप फुटबलमा विशेष अतिथिको रूपमा आएकी उनी त्यसपछि फुर्सदिली बनिन् । जंगल सफारीमा रमाइन् । हात्ती, गैंडा, चराचुरुंगीले उनलाई लोभ्यायो ।
कान्तिपुरसँगको भेटमा उनले चीनको सान्यामा डिसेम्बर १९ मा हुने मिल वर्ल्डमा भाग लिन जाने तयारीमा रहेको सुनाइन् । जसका लागि मंसिर ४ मा उनी त्यहाँका लागि प्रस्थान गर्दै छिन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको संरक्षण दूत रहेकी उनी मिस वर्ल्डमा छुट्टै रूपमा प्रस्तुत हुने तयारीमा छिन् । उनले भूकम्पले नेपाललाई बिगारेको छैन । नेपाल सुन्दर छ भन्ने सन्देश दिने तयारीमा छिन् । ‘मेरो देश सुन्दर छ,’ उनले भनिन्, ‘जुन सौन्दर्यता मिस वर्ल्डमा प्रस्तुत गर्ने छु ।’ उनले हिमाल, पहाड र तराईमा पुगेर भिडियोसमेत तयार पारेकी छन् । जुन भिडियो मिस वर्ल्ड प्रतिपस्र्धामा देखाउने बताइन् ।
‘समय धेरै पाइँदैन, ५ देखि १० मिनेटको समय पाइएला,’ उनले भनिन्, ‘थोरै समयको धेरै सदुपयोग गरी मेरो देशको प्राकृतिक सौन्दर्यता सबैसामु देखाउने छु ।’
उनले कार्यक्रमको सिलसिलामा विराटनगर, मुस्ताङ र चितवन पुग्दा प्राकृतिक सौन्दर्यतालाई क्यामेरामा कैद गरिन् । ‘भूकम्पपछि नेपालीहरू एक जुट भए, धनी गरिबको भेदभाव नगरी एकअर्कालाई सहयोग गर्न तयार भए,’ उनले भनिन्, ‘म तिनै सहयोगी नेपालीकी छोरी हो, जुन कुरा मिल्स वर्ल्डमा गर्भका साथ भन्ने छु ।’ उनले विदेशमा यस्तो सहयोगी भावना नहुने भए पनि नेपालीहरू जस्तोसुकै संकटमा पनि नआत्तिई सहनशील हुँदा खुसी लाग्ने गरेको बताइन् । ‘भूकम्पपछि नेपालको सौन्दर्यता बिग्रियो भन्ने सन्देश विदेशतिर हुन सक्छ,’ उनले थपिन्,‘ नेपाली कति सहयोगी र सहनशील हुन्छन् र हाम्रो देश कति सुन्दर छ भन्ने कुरा देखाउने छु ।’ उनले अधिकांश समय देशको प्राकृतिक सौन्दर्यताका बारेमा वर्णनमा गर्नमा खचिइन् । उनी भूकम्पपछि प्रभावित जिल्लामा पुगेर सहयोग गर्नुका साथै काउन्सिलिङ गरेर पीडितको आत्मबल बनाउने काम गरिन् । नजिकबाट सबैको सुखदु:ख देख्ने अवसर पाइन् । ‘आफ्नो देशका बारेमा विभिन्न देशबाट आउनेहरूलाई जानकारी गराउने यो मेरा लागि ठूलो अवसर हो,’ उनले भनिन् । उनी अमेरिकामा बसेर पढेकी हुन् । मिस नेपालमा भाग लिन आइन् । उनको इच्छा विदेशमा सीप सिकेर आफ्नै देशमा केही गर्ने छ । ‘संरक्षणमा सबैलाई लगाउने उद्देश्यले सेलिब्रेटी, त्यो पनि मिस नेपाललाई दुई वर्षदेखि संरक्षण दूत बनाउँदै आएका छौं,’ जैविक विविधता संरक्षण केन्द्र सौराहाका आयोजना प्रमुख डा. चिरञ्जीवी पोखरेलले भने, ‘सेलिब्रेटीले भनेका कुरा सबैले सुन्ने भएकाले यस्तो कार्यको थालनी गरेका हौं ।’