काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदृश्य शक्तिले नेपालको स्थिति भड्काइरहेको बताएका छन् । ओलीले अहिलेको स्थिति सिर्जना गर्न पैसा बाँडिएको पनि दाबी गरेका छन् । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नागरिक अगुवाहरूको टोलीसँग शनिबार भएको भेटमा ओलीले प्रधानमन्त्री निर्वाचनमा बालुवाटारबाटै पैसा बाँडिएको दाबी गरेका हुन् । ‘हामी कञ्चनजंघा हलमा बसिरहेका थियौँ । प्रधानमन्त्री त्यहीँ आउनुभयो,’ भेटमा सहभागी जनजाति महासंघका उपाध्यक्ष दण्डु शेर्पाले ओलीको भनाइ उद्धृत गर्दै नयाँ पत्रिकासँग भने, ‘कुराकानीका क्रममा उहाँले यो स्थिति सिर्जना गर्न उतापट्टिको रुममा (औँलाले देखाउँदै) बसेर हिन्दीमा बोल्ने, नेपाली बोल्न नजान्नेले सुटकेसका सुटकेस ल्याएर पैसा बाँडे भन्नुभयो ।’ प्रधानमन्त्री ओलीले बाह्य शक्तिले स्थिति प्रतिकूल बनाउन खोजेको पनि बताएका थिए । ‘अदृश्य शक्तिले स्थिति भाँडिरहेको छ,’ ओलीको भनाइ उद्धृत गर्दै शेर्पाले भने, ‘नेपाली जनताभन्दा पनि बाहिरका शक्तिले भाँडेको देखिन्छ ।’ प्रधानमन्त्री ओलीले नयाँ संविधानको पूरै भारतले विरोध नगरेको पनि बताए । भारतमा विभिन्न पक्ष रहेको र धेरैजसोले समर्थन गरिरहेको उनको भनाइ थियो । ‘भारतले विरोध गर्यो भनिरहेका छौँ । एउटा भारतले विरोध गरेको छ भनेर पूरै भारत बुझ्न हुन्छ रु बिजेपी भारत छ । कांग्रेस आई भारत छ । ‘र’ भारत छ । कर्मचारी भारत छ । सबैले विरोध गरेका छैनन् । धेरैले समर्थन गरेका छन्,’ भेटमा प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘उहाँको आशय भारतीय जनता पार्टीबाहेकले समर्थन गरेका छन् भन्ने थियो ।’ प्रधानमन्त्री ओलीले सयमा सय सहमति सम्भव नभएको पनि बताए । ‘सबै–सबै सहमति कहाँ हुन्छ रु भारतमै छैन,’ ओलीको भनाइ उद्धृत गर्दै शेर्पाले भने, ‘बिजेपी र कंग्रेस आईमै सहमति छैन । डेमोक्रेसीमा एकमत हुँदैन ।’ तराई मधेसको समस्या समाधान गर्न प्रधानमन्त्री ओली गम्भीर नदेखिएको भेटमा सहभागी अर्का एक अगुवाले आरोप लगाए । ‘समस्या समाधानमा उहाँ गम्भीर देखिनुभएन,’ उनले भने, ‘उहाँको यही तरिकाले झनै समस्या ल्याउलाजस्तो छ ।’ नयाँ पत्रिका
Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts
प्रधानमन्त्री ओलीको नेतृत्व सरकार टिक्दैन- वरिष्ठ ज्योतिष उपाध्याय(भिडियो सहित) मुलुकमा शान्ति हुन र नाकावन्दी खुलेर सामान्य हुन सरकार परिर्वतन
काठमाडौ : बरिष्ठ ज्योतिष ओजराज लोहनी उपाध्यायले सात महिना पछि मुख खोलेका छन् । बैशाखमा मुलुकमा महा विपत्तिको योग सकिएको छैन मुलुकमा सेना परिचालनको योग छ अजोजमा संबिधान जारी हुन्छ भनेर टोकुवा गरेका थिए ।
तिनै बिषयलाई लिएर सरकारले उनलाई पक्राउ गरेको थियो । प्रहरीको निगरानीमा राखिएका ज्योतिष लोहोनीले यो साल भर नै नेपाललाई राम्रो नभएको ठोकुवा दिएका छन् । दशैको बेला हिमालय टेलिभिजनमा शिव लम्सालसंगको कुराकानीमा भनेका छन प्रधानमन्त्रीको सरकारले धेरै दिन टिक्दैन ।
यो सरकारले तराई समास्या समाधान गर्ने योग छैन । नाकावन्दी अरु छ महिना पुर्णरुपमा खुल्नै छैन ।
कहिले लम्पसार पर्ने, कहिले एकविरुद्ध अर्कोलाई उभ्याउने ?
कार्तिक २१, २०७२- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नागरिका समाजको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्मरणपत्र बुझाएका छन् । तराई–मधेसलगायत देशको विभिन्न ठाउँमा देखिएको समस्याको सम्वादबाट समाधान गर्न र कुटनीतिमार्फत बाह्य समस्याको समाधान गर्न स्मरण पत्रमा माग गरिएको छ ।
स्मरणपत्रमा दमननाथ ढुंगाना, पद्मरत्न तुलाधर, विद्याधर मल्लिकलगायतले हस्ताक्षर गरेका छन् ।
‘संविधानका असन्तुष्टिलाई संविधान संशोधनमार्फत हल खोज्न आग्रह गर्दछौं’, पत्रमा भनिएको छ,‘सरकारबाट अनावश्यक बल प्रयोग र आन्दोलनकारीबाट अराजकताको माध्यमबाट थप मुडभेड ननिम्त्याउने आग्रह गर्दछौं ।’
आन्तरिक समस्याको समाधान आन्तरिकरुपमै गर्नुपर्ने र बाह्य समस्याको समाधान कुटनैतिक रुपमा गर्नुपर्नेमा दुवै समस्यालाई एकै ठाउँमा मिसाएर स्थितिलाई थप जटिल बनाइएको पत्रमा उल्लेख छ ।
कहिले क्षणिक स्वार्थको लागि लम्पसार पर्ने र कहिले एकविरुद्ध अर्काको उपयोग गर्ने बचकना खेलबाट मुक्त हुन भन्दै पत्रमा दुवै छिमेकीको आर्थिक बृद्धिबाट फाइदा लिनुपर्ने उल्लेख छ ।
जेनेभामा कुरा राख्दैमा ‘नाकाबन्दी’ अन्तर्राष्ट्रियकरण हुँदैनः भारत
काठमाडौं – जेनेभामा बुधबार नेपालबारे संयुक्त राष्ट्र संघको २३ औँ विश्वव्यापी आवधिक समीक्षा (युपिआर) बैठकमा परराष्ट्रमन्त्री कमल थापाले सीमा अवरोधको बारेमा गम्भिर रुपमा कुरा उठाएपनि त्यसले नेपाल मामिला अन्तर्राष्ट्रियकरण नभएको भारतले दाबी गरेको छ । जेनभा सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले जेनेभा सम्मेलनमा भारत र नेपालले राखेको कुरा उक्त सम्मेलनको नियमित प्रक्रिया मात्र भएको उल्लेख गर्दै त्यसले मुद्दा अन्तर्राष्ट्रियकरण नहुने बताए । भारतीय पत्रकारले ‘नेपालले सीमाअवरोधको कुरा जेनेभामा राखेपछि के द्विपक्षीय मामिला अन्तर्राष्ट्रिय करण भएको हो ?’ भन्ने प्रश्नमा स्वरुपले सो कुरा बताएका हुन् । स्वरुपले भारतले नाकाबन्दी नगरेको र दैनिकरुपमा परवाहनहरु नेपालभित्री रहेको र सीमा नाकामा आन्दोनकारीहरुले अवरोध गरेका कारण समस्या भएको पूरानो कुरा दोहोराए । ‘हामी सबै नाकाबाट सामान पठाउने सक्दो कोसिस गरिरहेका छौं,’ उनले भने, ‘दैनिक रुपमा भन्ने हो भने ४ सय देखि ६ सय सवारीसाधनहरु नेपाल भित्रिनैरहेका छन् ।’ स्वरुपले नेपालको समस्या राजनीतिक भएका कारण त्यसको समाधान राजनीतिक रुपमै गरिनुपर्ने बताए । ‘हामीले यही सुझाव बारम्बार नेपाललाई दिइरहेका छौं,’ उनले भने । वीरगंजमा नेपाल प्रहरीको गोलीबाट मारिएका भारतीय नागरिकको बारेमा सरकारलाई रिपोर्ट पनि मागिएको उनले बताए । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको बारेमा भने उनले हाल कुनै तयारी नरहेको बताए । ‘प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणको इच्छा देखाउनुभएको थियो । तर हाल कुनै मिति तय भएको छैन,’ उनले भने ।

ग्यास सहज बनाउने कण्ट्रोल रुम नै अस्तव्यस्त
काठमाडौं– ‘अव कण्ट्रोलरुममार्फत कहाँ कति ग्याँस वितरण हुँदैछ भन्ने कुरा बिहान ८ बजे अघि नै उपभोक्ताकहाँ पुगिसक्छ, आधिकारीक सूचना विना कोहीपनि लाईन नलाग्नुहोला ।’ उपत्यकामा ग्याँस सहज बनाउन मंगलबारदेखि आयल निगममा स्थापना भएको कण्ट्रोल रुपमा सदस्य तथा ग्यास उद्योगी लक्ष्मी महर्जजनले पत्रकारलाई दिएको जानकारी हो यो । तर त्यसको भोलिपल्टै बुधबार कुनै पनि सञ्चारमाध्यममा कण्ट्रोलरुपबाट सूचना प्रवाह गरीएन । आफै गर्नुपर्ने सूचना प्रवाह त भएन नै कण्ट्रोलरुमका कसैले पनि सूचना दिएनन । अघिल्लो दिन सूचना प्रवाहको प्रतिवद्धता जनाउने उनले नै अर्कोदिन फोन उठाएनन् । रातोपाटीले सम्पर्क गर्दा पटक पटक उनको मोवाईलमा फोन उठेन, दिउँसोतिर स्विच अफ भयो । भारतिय नाकाबन्दीका कारण ग्याँसको हाकाकार भएपछि विक्री वितरण प्रकृया प्रभावकारी र पारदर्शी बनाउन सरकारले वाणिज्य तथा आपूर्ति व्यवस्था विभागका निर्देशक हरी नारायण बेल्बासेको संयोजकत्वमा कण्ट्रोल रुमको स्थापना गरेको हो । संयोजक तालिमको लागि विदेश गएका छन् । जसमा वाणिज्य मन्त्रालयका शाखा अधिकृत, नेपाल प्रहरीको प्रतिनिधी, एलपि ग्याँस उद्योग संघका सचिव लक्ष्मी प्रसाद महर्जन, ग्याँस विक्रेता संघका चन्द्र थापा छन् । आयल निगमको तर्फबाट पनि प्रतिनिधी राखेको छ । रुमको काम कुन उद्योगको ग्याँस कहिले वितरण हुन्छ भन्ने विवरण जानकारी दिई उपभोक्तालाई सहज आपूर्तिको व्यवस्था गर्ने, ग्यास ढुवानीमा परेका समस्या सम्बन्धित निकायमा पु¥याई समस्या समाधानका लागि पुलको काम गर्ने, डिलरमार्फत विक्री वितरणका लागि सहज बनाउनु भएको कण्ट्रोल रुमले जनाएको छ । तर स्थापना भएको दोश्रो दिनमा यसका कुनैपनि काम प्रभावकारी हुन सकेनन् । उद्योगीकै सूचना समयमा आउन नसकेका कारण समयमा सूचना प्रवाह हुन नसकेको रुमका सदस्य रहेका वाणिज्य विभागका अधिकृत विष्णु भट्टराईले बताए । ‘ग्याँस उद्योगीबाट समयमै डाटा नै आउँदैन ।’ उनले भने ‘उद्योगी सबैका नम्बर स्विच अफ छन्, दोश्रो तेश्रो व्यक्तिबाट सम्पर्क गर्दा ढिला हुने भैहाल्यो ।’ सञ्चारमाध्यमले सम्पर्क गर्दा समेत कण्ट्रोल रुमको टेलिफोन नम्बरमा सम्पर्क नै हुन नसकेको र सदस्यहरुले यदाकदा व्यक्तिगत नम्बर मात्रै उठाउने गरेको पत्रकारहरुले बताएका छन् । रुमको टेलिफोन ४२६२५८६ जतिबेला पनि व्यस्त मात्र हुन्छ । रुममा बसेका कुन्ै प्रतिनिधीले पनि फोन उठाउँदैनन् । तर भट्टराईले दिनभरी फोन उठाउँदा हैरान भएको दावी गरे । फोनको रीसिभर उठाएर राखेको भेटियो नि भन्ने प्रश्नमा उनले भने ‘दिनभरी त हैन, दिउँसो एकैछिन हाम्रो मिटिङ्ग थियो, त्यो बेला हुनसक्छ ।’ दिउँसो चारबजेसम्म लगातार व्यस्त भनिएको फोन चारबजेपछि मात्र घण्टी जाने भएको थियो । विक्रेताहरुले भने ग्यास उद्योगीले अझैपनि विक्रेतालाई ग्याँस नदिई आफैले बाँडेकोले यो प्रभावकारी हुन नसकेकेको बताएका छन् । कुन विक्रेताकहाँबाट कहिले कति परीणाममा ग्याँस विक्री हुन्छ भन्ने सूचनाका लागि उद्योगीले ग्यास विक्रेताकहाँ पठाउनुपर्ने भएपनि उद्योगीले ग्यास नै नदिएकोले सूचनामा प्रभावकारीता आउन नसकेको उनीहरुको आरोप छ । ‘उद्योगीहरुले आफै गोदाम परीसरबाट विक्री गरेर विक्रेतालाई नदिएपछि अत्यन्त दुःख लागेको छ ।’ ग्यास विक्रेता संघका महासचिव चन्द्र थापाले भने । तर उनले कण्ट्रोलरुपमा आफूहरुले अर्को प्रतिनिधी पठाएकोले अस्तव्यस्तताका विषयमा भने थाहा हुन नसकेको बताए ।
महिला राष्ट्रपति र पुरुष राष्ट्रपतिमा तलब–भत्ता फरक छ र ?
काभ्रे – राष्ट्रपति र सभामुखजस्ता गरिमामय पदमा महिला पुग्न सफल भएको खुसियालीमै छ देश । नयाँ संविधान जारीसँगै भर्खरै विद्या भण्डारी राष्ट्रपतिमा र ओनसरी घर्तीमगर सभामुखमा नियुक्त भएका छन् । लामो समयदेखि देशको शासन–प्रशासनमा पुरुषकै हालिमुहाली थियो । पछिल्ला राजनीतिक परिवर्तन स्वरुप र महिलाले पुरुष समान अधिकार पाउनुपर्छ भन्ने प्रतिविम्ब स्वरुप यी गरिमामय पदमा महिला छन् । यद्यपि यी दुवै पद आफैँमा कार्यकारी होइनन् । जेहोस्, नयाँ संविधान जारी भएसँगै केन्द्रसत्ताबाटै सदियौँदेखिको पुरुषवादी समाजलाई भत्काउन खोजिएको छनक दिइएको छ । तर, समग्र देशलाई हेर्दा महिला र पुरुषबीच चरम विभेद कायमै देखिन्छ ।
सदरमुकाम धुलिखेल–३ की दण्डदेवी खड्की मेला–मजदुरी गर्छिन् । अहिले उनी बिहानै ८ बजे चिसोको पर्बाह नगरी सदरमुकाम आसपासका खेतमा धान काट्न पुग्छिन् । बिहानदेखि बेलुका ५ वा ६ बजेसम्म श्रम गरेबापत उनले तीन सय ५० रुपैया पाउँछिन् । अहिले सिजन भएकाले उनले खेतमा धान काट्ने गरेकी हुन् । ‘अरु बेला मजदुरी गर्छु । घर–भवन बनाउने ठाउँमा माटो–ढुंगा बोक्ने काम गर्छु,’ उनले भनिन्, ‘गरी खाने आफ्नो जग्गा–जमिन छैन । मेला–मजदुरी नगरे के गर्ने ?’
लखनपुर–५ रामेछापकी राधिका थापा पनि नौ वर्षदेखि धुलिखेलमा मेला–मजदुरी गर्दै आएकी छिन् । उनले पनि दिनभरि मजदुरी गरेबापत तीन सय ५० रुपैयाँ पाउँछिन् ।
तर, धुलिखेलमा खड्की र थापाले जस्तै मेला–मजदुरी गर्ने पुरुषले भने दैनिक ६ सय रुपैयाँ भन्दा बढी ज्याला पाउँछन् ।
धुलिखेल नगरपालिका– ४ का राजेश श्रेष्ठले काटेको धान बोक्ने गर्छन्, उनले दैनिक ६ सय ५० रुपैयाँ ज्याला पाउने गर्छन् । यसरी धान बोक्ने काम वा महिलाले जस्तै घर–भवन बनाउने ठाउँमा माटो–ढुंगा बोक्ने काम गरेबापत पुरुषले ६ सय ५० देखि सात सय रुपैयाँसम्म पाउँछन् । महिलाले र पुरुषले गर्ने काम, ठाउँ र समय एउटै हुन्छ, तर ज्याला आधाभन्दा बढी फरक हुन्छ ।
पनौती नगरपालिका– १२ खोपासीमा पुरुषोत्तम पौजू र चर्तुमान शाक्यले नेपाली कागज उद्योग सञ्चालन गरेका छन्, घरेलु तथा साना उद्योगअन्तर्गतको । उद्योगमा महिलाले मात्रै काम गर्ने गरेका छन् । स्थानीय बुद्धमाया श्रेष्ठले उद्योगमा काम गर्न थालेको दश वर्ष भयो । उनले दैनिक ५० रुपैयाँमा काम सुरु गरेकी थिइन् । हाल उनले एक सय ४० मात्र ज्याला पाउँछिन् । जब कि सो क्षेत्रमा स्थानीय ज्याला दुई सय रुपैयाँ छ । अर्की, खोपासीकी १७ वर्षीया अस्मिता श्रेष्ठ पनि यो उद्योगमा काम गर्छिन् । श्रेष्ठको दैनिक ज्याला ९५ रुपैयाँ छ । श्रेष्ठले यहाँ काम गर्न थालेको एक वर्ष भयो । ‘हाम्रो आधा रोपनी मात्रै जग्गा छ । पाँचजनाको परिवार छ । घरको आर्थिक अवस्था कमजोर भएकाले काम गर्न थालेकी हुँ,’ उनले भनिन्, ‘बालआदर्श माविमा कक्षा ९ पढेपछि पढ्न छाडेँ । कापी–कलम किन्न र भनेको बेलामा जाँच फी तिर्न नसकेपछि बाध्य भएर पढाइ छाडेँ ।’
शीतलनिवासमा मेरा सात वर्ष : यस्तो देखियो क्यामेराको लेन्सबाट
गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डाक्टर रामवरण यादवले शपथ लिनुअघिसम्म म निजी टेलिभिजनमा क्यामेरा पर्सनका रुपमा कार्यरत थिएँ । उहाँ राष्ट्रपतिमा चयन हुनुअगावै मैले कांग्रेस महामन्त्रीका रूपमा उहाँको अन्तर्वार्ता क्यामेरामा कैद गर्ने मौका पाइसकेको थिएँ । आफैँले अन्तर्वार्ता रेकर्ड गरेको व्यक्ति गणतन्त्र नेपालको प्रथम राष्ट्रपति हुँदा नै म निकै खुसी थिएँ । राष्ट्रपति चयन हुनुभएको केही हप्ताभित्रै मैले उहाँलाई राष्ट्रपतिको निजी निवासमा भेटेर बधाइ अनि कार्यकालको सफलताको शुभकामना दिएँ । मलाई भेट्नासाथ निकै खुसी हुनुभएका उहाँले तत्कालै जागिरका लागि प्रस्ताव गर्नुभयो । नसोचेको प्रस्ताव आउँदा म छक्क थिएँ । उहाँले भन्नुभयो, ‘तत्काल बायोडाटा टाइप गर्नुस् । बाँकी प्रक्रिया पछि ।’ भेटघाटको झन्डै दुई सातापछि मलाई राष्ट्रपति कार्यालयबाट फोन आयो । राष्ट्रपतिको अफिसमै गएँ र उहाँलाई भेटेँ । त्यसै दिनबाट मेरो जागिर राष्ट्रपतिको निजी फोटोग्राफरका रुपमा सुरु भयो । व्यावसायिक पत्रकारिता गर्दै थुप्रै विवादास्पद फोटोहरू खिच्ने बानी परे पनि त्यहाँ सुरक्षा व्यवस्था निकै कडा भएकाले मैले औपचारिक तस्बिर मात्रै खिच्नुपर्ने थियो । मलाई एक वर्ष त्यहाँको कठीन सुरक्षा व्यवस्था र औपचारिक फोटो मात्रै खिच्नुपर्ने प्रावधानले निकै गाह्रो भयो । सुरुवातमा राष्ट्रपतिका लागि निजी फोटोग्राफरको व्यवस्था नभए पनि उहाँले फोटोग्राफरको आवश्यकता मनन गरेर मन्त्रिपरिषद्मार्फत निर्णय गराउँदै मलाई यो जिम्मेवारीमा तय गर्नुभएको रहेछ ।
देशका लागि राष्ट्रपति पद नै नौलो भएको अवस्थामा कर्मचारीका लागि आवश्यक नीति–नियम बनिसकेको थिएन । राष्ट्रपतिको निजी फोटोग्राफरका रुपमा म नियुक्त भए पनि राष्ट्रपति कार्यालयको बेग्लै क्यामेरा समेत थिएन । सुरुवाती दिनमा सानो डिजिटल क्यामेरा मागेरै काम चलाएँ । सौभाग्यवश, त्यतिबेलासम्म ठूला कार्यक्रम पनि आयोजना भएका थिएनन् । राष्ट्रपतिले गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री प्रचण्ड र सभामुख सुवास नेम्वाङलाई शपथ गराउँदासम्म म यस पदमा थिइनँ । राष्ट्रपति कार्यालयमा मैले जिम्मेवारी सम्हालेपछिको पहिलो ठूलो कार्यक्रम ०६५ सालको दशैँ रह्यो । तर दशैँमा पनि राष्ट्रपति कार्यालयले मलाई क्यामेरा दिएको थिएन । दशैँमा मैले क्यामेरा भाडामा लिएर उपराष्ट्रपतिदेखि सर्वसाधारणसम्मले राष्ट्रपतिबाट टीका ग्रहण गरेका तस्बिर कैद गरेँ ।
मैले फिल्म खिच्ने उद्देश्य लिएको थिएँ, तर राष्ट्रपतिको निजी फोटोग्राफर हुन्छु भन्ने सपना समेत देखेको थिइनँ । फिल्ममा क्यामेरा चलाउने प्रशिक्षण लिन मुम्बईसम्म पुगेको थिएँ । त्यसैले भिडियोग्राफीबाट फोटोग्राफीमा प्रवेश गर्दाका सुरुवाती दिन केही कठीन र चुनौतीपूर्ण थिएँ । त्यसमाथि राष्ट्रपति कार्यालयमा फोटो खिच्नु चानचुने विषय होइन, यहाँ अनेक मर्यादा र नीति–नियमलाई ख्याल गर्दै देशको सर्वोच्च निकायको इज्जत राख्नुपर्ने चुनौती हरबखत रहन्छ । फोटोग्राफरले कुनै गल्ती गर्दा केवल राष्ट्रपति वा कुनै संस्था मात्रै नभएर सम्पूर्ण देशकै बद्नाम हुने त्रास रहन्छ ।
राष्ट्रपति कार्यालयमा मैले फोटोग्राफरको मात्रै काम गरिनँ । अरु साथीको अनुपस्थितिमा उहाँको स्वकीय सचिवालयमा पिएको जिम्मेवारी समेत सम्हालेँ । राष्ट्रपतिका लागि फोन उठाउँदा प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मको फोन आउँथ्यो । त्यसको जानकारी राष्ट्रपतिलाई दिनुपथ्र्यो । प्रायः बिहान ९ बजेदेखि ११ बजेसम्म राष्ट्रपतिको सर्वसाधारणसँग भेट गर्ने कार्यतालिका थियो । त्यतिबेला आउने सबैले राष्ट्रपतिसँग फोटो खिच्ने इच्छा राख्थे । कामको दबाब निकै हुन्थ्यो । त्यसपछि ११ बजेदेखि शीतलनिवासमा कार्यतालिका अनुसार देशका विशिष्ट व्यक्तिको भेटघाट र औपचारिक कार्यक्रमहरूमा राष्ट्रपति सरिक हुने कार्यक्रम रहन्थ्यो । कहिलेकाहीँ राष्ट्रपति स्वयंलाई क्यामेराका फ्ल्यास धेरै चलेको मन पर्दैनथ्यो । हास्दैँ उहाँ भन्नुहुन्थ्यो, ‘ रेडी नभनीकनै फोटो खिच्नुहुन्छ । तपाईं कस्तो फोटोग्राफर ! रेडी भन्नुस् ।’
बिहान घरबाट कार्यक्रमस्थलमा पुग्न मलाई मोटरसाइकल जरुरी थियो । मैले आफ्नो आवश्यकता सीधै राष्ट्रपतिसामु व्यक्त गरे । उहाँले हाँस्दै जवाफ फर्काउनुभयो, ‘मोटरसाइकल होइन, साइकलमा हिँड्नुस् । स्वास्थ्यका लागि त्यो फाइदाजनक छ ।’
उहाँले यस्तो बताए पनि पछि राष्ट्रपति कार्यालयले कामको महत्त्व हेरेर मोटरसाइकल उपलब्ध गरायो । मेरो बुझाइमा राष्ट्रपति देशको ढुकुटीको सधैँ सदुपयोग गर्नुपर्छ भन्नेमा सचेत हुनुहुन्थ्यो । संवेदनशील र देशकै सर्वोच्च व्यक्तिको निवास भएका कारण राष्ट्रपति कार्यालयको सुरक्षा व्यवस्था सधैँ कडा हुनु स्वाभाविक थियो । सात वर्षसम्म उहाँसँग नजिक रहँदा मैले कहिल्यै उहाँ रिसाएको देखिनँ । कहिलेकाहीँ कुरा गर्ने मौका मिल्दा उहाँले कामका लागि ऊर्जा दिनुहुन्थ्यो । सुरुवातमा मलाई नियुक्त गर्दा एकदेखि दुई वर्षसम्म मेरो कार्यकाल छ । संविधान बनेपछि तपाईंले पनि छुट्टी पाउनुहुन्छ अनि स्टुडियो खोल्नुस् भन्नुहुन्थ्यो । सुरक्षाकर्मीले फोटो खिच्न नदिँदा कैयौँपटक उहाँ भन्नुहुन्थ्यो, ‘उहाँको काम नै यही हो । खिच्न दिनुहोस् ।’
निजी मिडिया हाउसमा काम गर्दा र राष्ट्रपतिको निजी फोटोग्राफर हुँदा नेताहरूले गर्ने रेस्पोन्समा मैले निकै फरक पाएँ । राष्ट्रपतिको निजी फोटोग्राफर भएपछि सबै दलका नेतासँग नजिक हुने मौका मिल्यो । सेडुयलअनुसार मात्रै औपचारिक फोटो खिच्नु मेरो पेसाभन्दा फरक विषय थियो । तर, राष्ट्रपति कार्यालयमा काम गर्न पाएको हुँदा त्यस्ता प्रत्येक फोटोको महत्त्व बेग्लै हुन्थ्यो, अहिले पनि ती औपचारिक क्षण मिस गर्छु । निवासमा रहँदा प्रचण्ड, झलनाथ, माधव नेपाललगायत पूर्वप्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेताको आवतजावतलाई प्रत्यक्ष नियाल्न र कहिलेकाहीँ औपचारिक कार्यक्रमका दौरान लेन्समा कैद गर्न समेत पाइन्थ्यो ।
राष्ट्रपति कार्यालयमा मैले खिचेका यी तस्बिर सधैँ सम्झनामा रहनेछन्
राउटेदेखि एचआइभी एड्स लागेका बालबालिकासँग देशकै सर्वोच्च व्यक्तिले अँगालो मारेको तस्बिर क्यामेरामा कैद गर्न पाउनु चानचुने कुरा थिएन । यस्ता तस्बिर खिच्न पाउँदा मलाई अहिले पनि गर्व लाग्छ । जनआन्दोलनका घाइतेदेखि अपांग तथा विभिन्न स्कुलेविद्यार्थी समेत राष्ट्रपतिलाई भेट्न आउँथ्ये र मैले तस्बिर लिने गरेको थिएँ । मुलुककै प्रथम महिला राष्ट्रपति तथा दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको शपथ ग्रहणका तस्बिर कैद गर्न पाउनु मेरा लागि गर्वको विषय हो । डाक्टर रामवरण यादव राष्ट्रपति छँदा प्रधानमन्त्री बनेका माधवकुमार नेपाल, झलनाथ खनाल, डाक्टर बाबुराम भट्राई, खिलराज रेग्मी, सुशील कोइराला र केपी ओलीसम्मको शपथ ग्रहणको तस्बिर कैद गरेँ । यी तस्बिरलाई दुलर्भ तस्बिरका रुपमा मैले लिएको छु । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र वर्तमान सभामुख ओनसरी घर्तीमगरदेखि प्रधानसेनापति तथा विभिन्न देशका आवासीय तथा गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गर्दाका तस्बिर कैद गरेँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण आफैँमा ठूलो विषय थियो । लामो अन्तरालपछि भारतका प्रधानमन्त्री नेपाल आएका थिए । त्यतिबेला राष्ट्रपति कार्यालयमा दिवाभोज आयोजना गरियो । दिवाभोजपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामूहिक फोटोको प्रस्ताव राख्नुभयो । मैले फोटो खिचेँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, पूर्वप्रधानमन्त्री, प्रमुख दलका शीर्ष नेता र अन्य विशिष्ट अतिथिसहितको यो तस्बिरको माग धेरै भयो । राष्ट्रपति कार्यालयबाटै हामीले थुप्रै फोटो छापेर वितरण गर्यौँ । तत्कालीन श्रीलंकाली राष्ट्रपति महेन्द्रा राजपाक्षे दुईपटक नेपाल भ्रमणमा आउँदा उहाँसँग पनि यस्तै ऐतिहासिक तस्बिर कैद गर्ने मौका मिल्यो । नेपाल भ्रमणमा आएका विश्वचर्चित व्यक्तित्वहरू फिफा अध्यक्ष सेप ब्लाटर, कतारका राजकुमार अल वालेद विन तलाल, भारतीय क्रिकेट कप्तान महेन्द्रसिंह धोनी, कलाकार गोविन्दा, अमोल पालेकर लगायत विश्वचर्चित खेलाडी तथा कलाकारले राष्ट्रपतिसँग खिचाएका तस्बिर कैद गरेँ ।
खिच्न नपाएका तस्बिर
भूकम्पपछि राष्ट्रपति कार्यालय नराम्ररी हल्लियो । कार्यालयभित्र कोही बस्न सक्ने अवस्था थिएन । एउटा फोटोग्राफरका नाताले यी तस्बिर महत्त्वपूर्ण हुन सक्थे । तर, राष्ट्रपति कार्यालयको कर्मचारी भएका कारण देशको प्रतिष्ठाका लागि यस्ता तस्बिर खिच्न र सार्वजनिक गर्न राम्रो हुने थिएन । त्यसैले यी तस्बिर खिचिनँ । दुई महिनाजति राष्ट्रपति टेन्ट बाहिरै बस्नुभयो । यो समाचार प्रमुख अखबारका हेडलाइन्स समेत बने । तर, राष्ट्रपति टेन्टमा बसेको तस्बिर खिच्न मिल्दैनथ्यो । देश भूकम्पले आक्रान्त बनेका बेला सस्तो फोटो खिचेर प्रचारबाजी गर्नु न व्यक्तिगत रुपमा मेरा लागि राम्रो हुने थियो, न त राष्ट्रपति कार्यालयको कर्मचारी भएका नाताले मैले संस्थाको प्रतिष्ठा र मर्यादा भुलेर यस्तो काम गर्न सक्थें । राष्ट्रपति कार्यालयमा खाना खाएको र अन्य सामान्य क्रियाकलापका तस्बिर खिच्न मिल्दैन । संवदेनशील र सम्मानित स्थान भएका कारण यो संस्थाको गरिमा राख्न पनि औपचारिक तस्बिरहरू मात्रै खिच्नुपर्ने हुन्छ ।
मिसन सफल भएपछि अझै खुसी लाग्यो
राष्ट्रपतिले एक वा दुई वर्षमै कार्यकाल सकिन्छ र फोटो स्टुडियो चलाउनुस् भनेको कुरा अझै सम्झन्छु । तर विभिन्न घटनाक्रमका कारण राष्ट्रपतिको कार्यकाल सात वर्षसम्म लम्बियो । ढिलै भए पनि संविधान जारी भएपछि राष्ट्रपति आफ्नो जिम्मेवारीबाट मुक्त हुनुभयो । राष्ट्रपतिको सहयोगी बनेर कार्यरत हामी सबै कर्मचारी निकै खुसी भयौँ । नेपाली कांग्रेसको महामन्त्री हुँदादेखि मैले चिनेको डाक्टर रामवरण यादव अब इतिहासमै सम्मानित सफल राष्ट्रपति बन्नुभएको छ । संविधान जारी गर्दाको श्रेय उहाँले पाउनुभएको छ । त्यसबीच उहाँले निभाएका जिम्मेवारीलाई क्यामेराको लेन्समा कैद गर्न पाउनु मेरा लागि जीवनकै सबैभन्दा सुखद क्षण हो ।
एकै ठाउँ बस्छन्, १२ ‘आमा’का १५० सन्तान
‘यी असहाय बालबालिकालाई हेर्दाहेर्दैै बिहे गर्न मनै लाग्दैन । आफैँले जन्माएको जस्तै लाग्छ,’ ३० वर्षीया बाटुला भट्टराईले भनिन् ।
बाटुला चारमहिने शिशुलाई बोतलको दूध चुसाउँदै थिइन् । ‘यो झाडीमा फेला परेको हो,’ बाटुलाले भावुक हुँदै भनिन्, ‘यो बाबु यहाँ ल्याउँदा २८ दिन जतिको हुँदो हो । चिसोले पूरै शरीर नीलो भइसकेको थियो । सास फेर्न पनि नसक्ने अवस्थामा थियो । हामीले झन्डै दुई हप्ताजति अस्पतालमा राख्यौँ । अझै यो बिरामीजस्तै छ ।’
केही दूधे बालबालिका छन् । कोही आफ्नै तालमा घिस्रँदै खेलिरहे छन् । कोही मस्त निद्रामा छन् । हुर्केकाहरू विद्यालय गएका छन् । असहाय बालबालिका रहेको नक्सालस्थित एक कोठाको अवस्था हो यो ।
यहाँ हाल बाबुआमाले बेवारिसे छाडेका १२ कलिला बालबालिका हुर्कंदै छन् । दुई वर्षमुनिका पाँच छोरी र सात छोरा गरी १२ बालबालिका छन् । जम्माजम्मी यहाँ एक सय ५० भन्दा बढी बालबालिका छन्, कतिपय हुर्किसकेका छन् ।
यस्ता असहाय बालबालिकालाई स्याहारसुसार गर्न १२ ‘आमा’ छन् । यी आमाहरु मन्दिरका जागिरे हुन् । यहाँ २२ देखि ५६ वर्षसम्मका ‘आमा’ रहेका छन् । तर, सबै अविवाहित हुन् । तीमध्ये एक हुन्, बाटुला भट्टराई ।
यहाँका आमाहरु असहाय सन्तानलाई हुर्काउँदैमा बिहे गर्न मन नलागेको बताउँछन् ।
१२ वैशाखको भूकम्पले नक्सालस्थित बालमन्दिर भवनमा क्षति पु¥याएपछि त्यहाँ रहेका असहाय बालकालिकालाई ‘शिक्षाका लागि खाद्यान्न’ कार्यक्रमको सरकारी भवनको एक कोठामा सारिएको छ ।
नक्सालको यो बालमन्दिर तत्कालीन रानी रत्नराज्य लक्ष्मीको अवधारणा र संरक्षकत्वमा ०२१ सालमा स्थापना भएको हो । बालबालिकाको क्षेत्रमा काम गर्ने यो मन्दिर पञ्चायती कालभरि चर्चित थियो । राजसंस्था ढलेसँगै यसलाई सरकारले नेपाल बाल संगठनका नाममा सञ्चालन गरेको छ । अहिले यो बालमन्दिर विभिन्न निकायको सहयोगबाट सञ्चालित छ ।
मन्दिरले आमाले जन्म दिएर बेवारिसे छाडेका सन्तानलाई संरक्षण गर्दै आएको बालमन्दिरकी व्यवस्थापन प्रमुख सविता लम्साल बताउँछिन् ।
पुरुषवादी समाजमा वंश निरन्तरताका लागि छोरा नै चाहिने अन्धविश्वासका कारण पनि कतिपयले छोरी जन्माएर अस्पताल वा एकान्त स्थलमा बेवारिसे छाड्ने गरेको उनको भनाइ छ । अनैतिक सम्बन्ध वा बलात्कारबाट जन्मिएका सन्तानलाई आमाले बेवारिसे छाडिदिएको पाइएको पनि लम्साल बताउँछिन् ।
‘अहिले लभ गर्नेदेखि लिभिङ टुगेदर गर्नेजस्ता पश्मिेली संस्कृति भित्रिएका छन् । यसरी जन्मिएका सन्तानलाई अस्पतालमै छाडिएको पनि पाएका छौँ,’ लम्साल भन्छिन्, ‘कतिलाई खोला किनार, झाडी वा जंगलजस्ता एकान्त ठाउँमा प्लास्टिक र बाकसमा बेरेर फालिएको हुन्छ ।’
सन्तानलाई जन्म दिएपछि बाबुआमाले उसलाई हुर्काउनुपर्छ । उसलाई बेवारिसे छाड्नु गैरकानुनी हुन्छ । तर, सामाजिक अन्धविश्वास, अनैतिक सम्बन्ध, बलात्कार, गरिबीलगायत कारण कतिपय शिशुलाई आमाबाबुले बेवारिसे छाड्ने गरेका छन् । कतिपय घरबार नभएका असहाय महिलाबाट पनि जन्मने गरेका हुन्छन् ।
अनैतिक सम्बन्ध र हाडनाता सम्बन्धबाट जन्मेका शिशुलाई खासगरी आमाले छाडेर जाने परोपकार प्रसूतिगृह थापाथलीकी डाक्टर सुधा श्रेष्ठ बताउँछिन् । यता, वैदेशिक रोजगारीका लागि श्रीमान् विदेश जाने र श्रीमतीले नाजायज सन्तान जन्माउने समस्या रहेको पनि बताइन्छ । ‘बेवारिसे शिशु संख्या बढ्नुमा यस्ता कारण पनि प्रमुख हुन्,’ नेपाल प्रहरी प्रवक्ता कमलसिंह बम बताउँछन् ।
शिशुहरूको हेरचाह गर्ने अर्की महिला प्रभा महतले भन्छिन्, ‘साना बच्चा हुर्काउन कम्ता गाह्रो हँुदैन ।’ उनी एक नौमहिने शिशुलाई र अर्कीलाई झोलुंगोमा हल्लाउँदै थिइन् । ‘यो बाबु यहाँभरिको ज्ञानी र स्वस्थ छ, यहाँ ल्याएदेखि आजसम्म बिरामी भएको छैन,’ एक बच्चालाई देखाउँदै उनले भनिन् ।
यी बालबालिकालाई बजारबाट दूध किनेर खुवाइन्छ । ‘बजारबाट ल्याएको दूध आमाको जस्तो कहाँ हुन्छ र ?’ अर्की आमा निर्मला तिमिल्सिना भन्छिन्, ‘शिशुलाई पाँच महिनासम्म हुर्काउन निकै मुस्किल हुन्छ । अझ जाडो महिनामा धेरै बिरामी पर्छन् ।’
बालाजुको पुलमुनि भेटिएको तीनमहिने सन्देश नामको बालकलाई उनले स्याहार गर्दै थिइन् । देखाउँदै उनले भनिन्, ‘अस्पतालबाट ल्याएका बालबालिकाभन्दा बाटो, झाडीमा भेटाएर ल्याइएकालाई हुर्काउन मुस्किल हुन्छ, सन्देशलाई पनि हामीले सुरुमा एक हप्तासम्म अस्पतालमा राखेर ल्याएका हौँ,’ उनले भनिन्, तर, हामी सक्दो हेरचाह गरेर उनीहरूलाई सकभर बिरामी हुन दिँदैनौँ, कलंकीको पुलमुनि भेटिएकी जेसिका नामक बालिकालाई पनि हामीले सुरुमा १५ दिनसम्म अस्पतालमा राखेर ल्याएका हौँ । भेटाएर ल्याएका बालबालिकाको नाम हामीले राख्छौं ।’
कलिला बालबालिकाको हेरचाहका लागि दिन र रात गरी दुई सिफ्ट आमाहरु खटिनुपर्छ । ‘दिन र रात गरी आमाहरुले पालैपालो हरेचाह गर्छन्,’ मन्दिर व्यवस्थापन प्रमुख लम्सालले भनिन्, ‘कलिला बालबालिकालाई हेर्न मात्रै हामीले दुई नर्स र ६ आमा खटाएका छौँ ।’
आमाको दूध नखाएकाले बालबालिकालाई ५/६ महिनासम्म हुर्काउन अति नै मुस्किल हुने नर्स संस्कृति श्रेष्ठ बताउँछिन् ।
गर्भ पतनलाई कानुनी मान्यता दिए पनि यस्ता बेवारिसे शिशु भेटिने क्रम रोकिएको छैन ।
थापाथलीस्थित प्रसूतिगृहमा बेवारिसे छाडिएका शिशु कसैले लैजाने आशामा अस्पतालले १५ दिनसम्म स्याहार गर्छ । त्यसपछि पनि बच्चा लिन कोही नआए नक्सालस्थित बालमन्दिर पठाइन्छ ।
यस वर्ष मात्र अस्पतालमा चार शिशु छाडिएका थिए ।
‘यसअघि जति बच्चा पठाए पनि बालमन्दिरले राखिदिने गथ्र्यो । तर, अहिले थोरै संख्यामा भेटिएका शिशुलाई पनि राख्न समस्या भएको छ,’ प्रसूतिगृहका प्रशासक अमर अमात्यले भने, ‘बालमन्दिरमा पहिलेजस्तो बजेट छैन । यसै वर्ष पनि हामीले पठाएका शिशु राख्न नसक्ने जवाफ आएको थियो, हामीले धेरै अनुरोध गरेपछि बल्लतल्ल राखियो ।’
गत वर्ष अस्पतालमै छाडिएको टाउको ठूलो भएको एक बच्चालाई आवासगृहले नलिएपछि अस्पतालमै राखेर ६ महिनासम्म रेखदेख र औषधोपचार गरिएको थियो । उपचारकै क्रममा ६ महिनापछि बच्चाको निधन भएको थियो । अमात्यका अनुसार काठमाडौंमा गलैंचा उद्योग सञ्चालन हुँदा कामदार युवतीले शिशु जन्माएर छाड्ने गर्थे । पछिल्लो समय दुई–तीन छोरी भइसकेका, पति विदेश गएका, बलात्कारका घटनाबाट जन्मिएका र अविवाहित युवतीले अस्पतालमा बच्चा जन्माई छाडेर भाग्ने गरेका छन् ।
‘एक वर्षमा मैले अस्पतालमा छाडिएका ४० बच्चासम्म बालमन्दिर पठाएको छु,’ उनले भने, ‘बच्चालाई बेडमा सुताइराखेर डिस्चार्जको कागजातसमेत नलिई यस्ता आमाहरू भाग्ने गर्छन् ।’
पछिल्लो समय गर्भपतन सेवाले कानुनी मान्यता पाएपछि अस्पतालमा बेवारिसे छोडिएका बच्चाको संख्या घटेको उनी बताउँछन् ।
बजारमा आइसकेछ तिहार
काठमाडौं–तिहार आउन झण्डै एकसाता बाँकी छ । तर बजारमा तिहारको झिलिमिलि सुरु भइसकेको छ । शहरका गल्ली गल्लीमा सरसामान किन्ने उपभोक्ताहरुको भिड जम्मा हुन थालेकोे छ । उपभोक्ताहरुमा एकातिर भारतको नाकाबन्दीका कारण बजारमा दैनिक उपभोग्य सरसामान नपाइने हो की भन्ने चिन्ता बड्दै गइरहेको छ भने तिहारका लागि मिठाई बनाउन ग्याँस अभावले पोरोलिरहेको छ ।
Subscribe to:
Posts (Atom)