Showing posts with label Entertainment. Show all posts
Showing posts with label Entertainment. Show all posts
सुनकली’ लाई युरोपमा दुई अवार्ड

सुनकली’ लाई युरोपमा दुई अवार्ड

कार्तिक १७, २०७२- मुगाली किशोरीहरूको फुटबल जीवनमा आधारित नेपाली डकुमेन्ट्री ‘सुनकली’ ले युरोपमा पनि दुई अन्तर्राष्ट्रिय अवार्ड जितेको छ। इटालीको मिलानमा आइतबार सम्पन्न ३३ औं मिलानो इन्टरनेसनल फिक्स्ट फिल्म फेस्टिभलमा भोजराज भाट निर्मित ‘सुनकली’ ले छ फिल्मलाई उछिन्दै मुुभी एन्ड टीभी फुटबल विधामा उत्कृष्ट अवार्ड पाएको हो। ५३ देशका डेढ सयभन्दा बढी फिल्महरू प्रदर्शित भएकामा भाटले फेडेरेसन अफ इन्टरनेसनल सिनेमा टेलिभिजन स्पोर्टस् (फिक्स्ट) का अध्यक्ष फ्रान्को अस्कानीमार्फत ट्रफी लिएका थिए। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यता प्राप्त फिक्स्ट फेस्टिभलले वर्षेनी विभिन्न १६ मुलुकमा स्पोर्टस् फिल्म फेस्टिभल गर्ने गर्छ। सबै देशमा गरिसकेपछि अन्त्यमा मिलानमा संसारभरका स्पोर्टस् फिल्मलाई छनोट गरी फिक्स्ट फेस्टिभल आयोजना गर्ने चलन छ। फिक्स्टको ग्रान्ड फाइनलमा पुरस्कृत भएका फिल्महरूलाई आयोजकले १६ वटै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा रिले गर्ने गर्छ। ‘फिक्स्टजस्तो ओलम्पिक कमिटीबाट मान्यताप्राप्त फेस्टिभलमा मनोनयनमा पर्नु नै ठूलो उपलब्धि हो,’ पुरस्कार थापेपछि पत्रकार/निर्देशक भोजराज भाटले भने। यसैबीच, ‘सुनकली’ ले गत साता जर्मनीमा सम्पन्न बग्र्ग फिल्म फेस्टिभल–टिजेन्जीमा माउन्टेन एन्ड कल्चर विधामा डेढ सय फिल्मलाई पछि पार्दै एक हजार युरोसहित पहिलो पुरस्कार पाएको थियो।
Read More
मुस्ताङ, नेवारी खाना र मरिचमान सिंह

मुस्ताङ, नेवारी खाना र मरिचमान सिंह

कार्तिक १६, २०७२- नायिका अशिष्मा नकर्मी यति बेला प्रदर्शनरत फिल्म ‘अधकट्टी’ को गीत ‘मेरो फिगर कोकाकोला...’ मार्फत फिल्मी दर्शकमा बढी चिनिइन्। उनी त्यसअघि नै नेवारी फिल्मका दर्शकमाझ परिचित कलाकार हुन्। अभिनयमा दत्तचित्त अशिष्मा पछिल्लो समय निर्देशककी मनपर्ने नायिकामा पर्छिन्। उनलाई चाहिँ के मनपर्छ त? ठाउँ अहिलेसम्म पुगेका गाउँमध्ये मन परेको त मुस्ताङ नै हो। नेपाललाई स्वर्ग भनिन्छ। त्यहाँ पुगेपछि बल्ल फिल भयो। सुन्दर क्षितिज, ताल, हिमाल सबैको सम्मिश्रण नै त्यही भएकाले नेपालको स्वर्ग नै मुस्ताङ हो जस्तो लाग्यो। विदेश युरोप मलाई एकदमै मनपर्छ। आइफल टावर हेर्ने ठूलो इच्छा थियो, त्यो पूरा भयो। अब जान मन लागेको ठाउँ अस्ट्रेलिया हो। परिकार नेवारी खाना मनपर्छ। तर म धेरै पिरो खान सक्दिनँ। त्यसैले नेवारीबाहेक जापनिज, कोरियन खाना मनपर्छ। किनकि ती खानामा अलिक स्पाइसी कम हुन्छ। पहिरन किन किन मलाई साडी, लेहेंगा नै मनपर्छ। दैनिक रूपमा त म क्याजुअल पाइन्ट, सर्ट नै लगाउँछु। तर अकेजनल्ली साडी, लेहेंगा लगाइरहेकी हुन्छु। सवारी साधन हाम्रो सडकको अवस्था हेर्दा सबैभन्दा सजिलो त स्कुटर नै हो। मसँग पनि स्कुटर नै छ, त्यही मनपर्छ। ड्याडीले सधैं गाडी किन भन्नुहुन्छ। पैसा पनि दिइसक्नुभएको छ। उहाँको इच्छा पूरा गर्न लिन पनि सक्छु। तर जब मेरो कमाइ बलियो हुन्छ र मेन्टेन गर्न सक्ने हुन्छु तब मात्रै लिन्छु। अहिले पाँच सयले हुन्छ भने गाडी भएपछि पाँच हजार रुपैयाँले पनि नपुग्ला। फिल्म कि म्युजिक भिडियो? दुवै उत्तिकै मनपर्छ। खासमा मलाई अभिनय मनपर्ने भएकाले फिल्म, सर्टफिल्मको होस् वा म्युजिक भिडियोको, सबै मनपर्छ। नेवारी फिल्म कि नेपाली फिल्म? दुवै। नेवारी फिल्म मेरो पहिचान हो भने नेपाली फिल्मले मलाई अशिष्मा भनेर अलि बृहत् रूपमा चिनाएको छ। दुईमध्ये कुन रोज्ने भन्नु भनेको कुन चाहिँ आँखा फुटाउने भनेर सोधे जस्तै हो मेरा लागि। फिल्म लभस्टोरी र त्यसपछि कमेडी फिल्म मनपर्छ। ऐतिहासिक फिल्म पनि हेर्न मनपर्छ। विदेशी फिल्ममा ‘अ वक टु रिमेम्बर’ मनपर्छ भने नेपाली फिल्ममा ‘प्रेमपिण्ड’ र ‘कुसुमे रुमाल’। अभिनेता अहिलेसम्म मनपर्ने एक्टर मेरा लागि त मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) नै हुनुहुन्छ। अभिनेत्री मिथिला शर्मा र गौरी मल्ल। पुस्तक म त्यस्तो साहित्यको पाठक त होइन। तर पढेकामध्ये एकदम मन परेको भनेको ‘द सेक्रेट’ पुस्तक हो। नेता मरिचमान सिंह। अहिलेको अवस्थामा आएर बुझदा देशलाई चाहिने नेता भनेको उहाँ नै हो जस्तो लाग्यो। अहिले हामीलाई राष्ट्रिय स्वाधीनता रक्षाका लागि मरिचमान जस्तो नेता चाहिएको छ।
Read More
मंसिर ११ मा दया र जीवनको भीडन्त

मंसिर ११ मा दया र जीवनको भीडन्त

कार्तिक १८, २०७२- पुरानो जमानाका निर्देशन सोभित बस्नेत र अहिलेका चर्चित निर्देशक रामबाबु गुरुङका फिल्म मंसिर ११ मा जुध्ने भएका छन् । फर्मुला फिल्मका निर्देशक सोभितले लामो समयपछि बनाएको फिल्म ‘जाउँ हिँड पोखरा’ र रामबाबुको फिल्म ‘कबड्डी कबड्डी’को यो टकरावमा जीवन लुईंटेल र दयाहाङ राईको पनि भीडन्त हुनेछ । सोभितको फिल्ममा जीवनका अलावा रेखा थापा पनि मुख्य भूमिकामा छिन् भने हिट फिल्म ‘कबड्डी’को सिक्वेलमा दयाहाङ सँगै सौगात मल्ल र रिस्मा गुरुङ पनि मुख्य भूमिकामा छन् । पहिले नै हिट भएको फिल्म, पात्र र लोकेसेन भएकाले यसको फाइदा ‘कबड्डी कबड्डी’ लाई हुनेछ । राजधानी लगायतका ठूला सहर र मल्टिप्लेक्समा कबड्डीको व्यापार राम्रो हुनसक्छ । दयाहाङ र सौगातका कारण पनि यो क्षेत्रमा कबड्डी बलियो हुनेछ । उता जीवन लुईंटेल र रेखा थापाजस्ता ‘व्यवसायीक’ फिल्मका स्टार भएकाले ‘जाउँ हिँड पोखरा’ले पनि दर्शकमा आकर्षण पैदा गर्न सक्छ । यस्तै, उपत्यका बाहिरको बजारमा पनि सोभितको फिल्मलाई बढी फाइदा हुनसक्छ ।
Read More
मिस नेपाल भन्छिन्- ‘मिस वर्ल्डमा नेपाली सौन्दर्य देखाउँछु’

मिस नेपाल भन्छिन्- ‘मिस वर्ल्डमा नेपाली सौन्दर्य देखाउँछु’

कार्तिक १८, २०७२- मिस नेपाल इभाना मानन्धर मंगलबार सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रमा रहेका हात्तीलाई कुची (परालले बरेको खाना) खुवाउँदै थिइन् । सामान्य पोसाकमा सजिएकी उनको मुहार हँसिलो देखिन्थ्यो । चितवन निकुञ्जअन्तर्गत नन्दभाउजू उपभोक्ता समितिले नवलपरासीको कोलवामा आइतबारबाट सञ्चालन गरेको राइनो गोल्ड कप फुटबलमा विशेष अतिथिको रूपमा आएकी उनी त्यसपछि फुर्सदिली बनिन् । जंगल सफारीमा रमाइन् । हात्ती, गैंडा, चराचुरुंगीले उनलाई लोभ्यायो । कान्तिपुरसँगको भेटमा उनले चीनको सान्यामा डिसेम्बर १९ मा हुने मिल वर्ल्डमा भाग लिन जाने तयारीमा रहेको सुनाइन् । जसका लागि मंसिर ४ मा उनी त्यहाँका लागि प्रस्थान गर्दै छिन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको संरक्षण दूत रहेकी उनी मिस वर्ल्डमा छुट्टै रूपमा प्रस्तुत हुने तयारीमा छिन् । उनले भूकम्पले नेपाललाई बिगारेको छैन । नेपाल सुन्दर छ भन्ने सन्देश दिने तयारीमा छिन् । ‘मेरो देश सुन्दर छ,’ उनले भनिन्, ‘जुन सौन्दर्यता मिस वर्ल्डमा प्रस्तुत गर्ने छु ।’ उनले हिमाल, पहाड र तराईमा पुगेर भिडियोसमेत तयार पारेकी छन् । जुन भिडियो मिस वर्ल्ड प्रतिपस्र्धामा देखाउने बताइन् । ‘समय धेरै पाइँदैन, ५ देखि १० मिनेटको समय पाइएला,’ उनले भनिन्, ‘थोरै समयको धेरै सदुपयोग गरी मेरो देशको प्राकृतिक सौन्दर्यता सबैसामु देखाउने छु ।’
उनले कार्यक्रमको सिलसिलामा विराटनगर, मुस्ताङ र चितवन पुग्दा प्राकृतिक सौन्दर्यतालाई क्यामेरामा कैद गरिन् । ‘भूकम्पपछि नेपालीहरू एक जुट भए, धनी गरिबको भेदभाव नगरी एकअर्कालाई सहयोग गर्न तयार भए,’ उनले भनिन्, ‘म तिनै सहयोगी नेपालीकी छोरी हो, जुन कुरा मिल्स वर्ल्डमा गर्भका साथ भन्ने छु ।’ उनले विदेशमा यस्तो सहयोगी भावना नहुने भए पनि नेपालीहरू जस्तोसुकै संकटमा पनि नआत्तिई सहनशील हुँदा खुसी लाग्ने गरेको बताइन् । ‘भूकम्पपछि नेपालको सौन्दर्यता बिग्रियो भन्ने सन्देश विदेशतिर हुन सक्छ,’ उनले थपिन्,‘ नेपाली कति सहयोगी र सहनशील हुन्छन् र हाम्रो देश कति सुन्दर छ भन्ने कुरा देखाउने छु ।’ उनले अधिकांश समय देशको प्राकृतिक सौन्दर्यताका बारेमा वर्णनमा गर्नमा खचिइन् । उनी भूकम्पपछि प्रभावित जिल्लामा पुगेर सहयोग गर्नुका साथै काउन्सिलिङ गरेर पीडितको आत्मबल बनाउने काम गरिन् । नजिकबाट सबैको सुखदु:ख देख्ने अवसर पाइन् । ‘आफ्नो देशका बारेमा विभिन्न देशबाट आउनेहरूलाई जानकारी गराउने यो मेरा लागि ठूलो अवसर हो,’ उनले भनिन् । उनी अमेरिकामा बसेर पढेकी हुन् । मिस नेपालमा भाग लिन आइन् । उनको इच्छा विदेशमा सीप सिकेर आफ्नै देशमा केही गर्ने छ । ‘संरक्षणमा सबैलाई लगाउने उद्देश्यले सेलिब्रेटी, त्यो पनि मिस नेपाललाई दुई वर्षदेखि संरक्षण दूत बनाउँदै आएका छौं,’ जैविक विविधता संरक्षण केन्द्र सौराहाका आयोजना प्रमुख डा. चिरञ्जीवी पोखरेलले भने, ‘सेलिब्रेटीले भनेका कुरा सबैले सुन्ने भएकाले यस्तो कार्यको थालनी गरेका हौं ।’
Read More
राजेश हमालको कमब्याक ?

राजेश हमालको कमब्याक ?

कार्तिक १७, २०७२- कुनैबेला थियो, निर्माता/निर्देशकहरु राजेश हमालको फोटो मात्रै पनि पोष्टरमा राख्नका लागि लालायित हुने गर्थे । दुई दशकभन्दा लामो समय उनले नेपाली फिल्ममा एकछत्र राज गरे । त्यसपछि बागमतिमा धेरै पानी बगिसकेको छ । नयाँ फिल्मकर्मीसँगै फिल्ममा स्टारडमभन्दा ज्यादा क्यारेक्टर सशक्त बन्दै आए । एकैसाथ तीन–चार वटा फिल्म खेल्ने राजेश विस्तारै सुस्ताए । विवाहपछि त झन् उनी घरजममै भुले भन्दा फरक पर्दैन । यसबीचमा छिटपुट फिल्म त आए तर खासै चलेनन् । अहिले फेरि राजेशको चर्चा चलेको छ । ‘नेपाल पहिलेको नेपाल रहेन त्यो मलाई थाहा छ । तर राजेश अझ त्यही राजेश हो,’ राजेश हमालले फिल्म ‘बागमती’मा बोलेका संवाद हो यो, जून यतिबेला चर्चामा छ । दक्षिण भारतीय फिल्म निर्देशक सन्नी केरलाले राजेशलाई ‘राजेश दादा’ को चरित्रमा खेलाएर उनको स्टारडमको कमब्याक गराउन लागेको तर्क गरे । फिल्मको प्रचारका लागि काठमाडौं आएका सन्नीले भने, ‘नेपालमा पनि यति शसक्त कलाकारहरु रहेछन्, जसलाई यहाँका फिल्मले गतिलो एक्सपोजर दिन नसकेको जस्तो लाग्यो । मैले राजेश हमाललाई साउथ टेक्नोलोजीको प्रयोग गरी पहिलेको स्टारडमलाई दर्शक माझ कमब्याक गराउन खोजको हुँ ।’ यतिबेला अमेरिका भ्रमणमा रहेका राजेशले पनि ‘बागमती’ बाट आशा गरेको धारणा यसअघि नै व्यक्त गरिसकेका छन् । प्रविधि र प्राविधिक दक्षिण भारतबाटै झिकाएका निर्देशक सन्नीलाई ‘बागमती’ बनाउन भने नेपाली निर्माता बिजय सत्याल र दिनेश दर्शनधारीले साथ दिएका हुन् । पुष २४ गते फिल्म रिलिज हुँदैछ । यो फिल्ममा शिव श्रेष्ठ पनि मुख्य भूमिकामा छन् भने केकी अधिकारी, मुकुन्द श्रेष्ठ, धुव्र कोइराला, कन्चन ठकुरीलगायतको पनि अभिनय छ ।
Read More