Showing posts with label Entertainment. Show all posts
Showing posts with label Entertainment. Show all posts
सुनकली’ लाई युरोपमा दुई अवार्ड

सुनकली’ लाई युरोपमा दुई अवार्ड

कार्तिक १७, २०७२- मुगाली किशोरीहरूको फुटबल जीवनमा आधारित नेपाली डकुमेन्ट्री ‘सुनकली’ ले युरोपमा पनि दुई अन्तर्राष्ट्रिय अवार्ड जितेको छ। इटालीको मिलानमा आइतबार सम्पन्न ३३ औं मिलानो इन्टरनेसनल फिक्स्ट फिल्म फेस्टिभलमा भोजराज भाट निर्मित ‘सुनकली’ ले छ फिल्मलाई उछिन्दै मुुभी एन्ड टीभी फुटबल विधामा उत्कृष्ट अवार्ड पाएको हो। ५३ देशका डेढ सयभन्दा बढी फिल्महरू प्रदर्शित भएकामा भाटले फेडेरेसन अफ इन्टरनेसनल सिनेमा टेलिभिजन स्पोर्टस् (फिक्स्ट) का अध्यक्ष फ्रान्को अस्कानीमार्फत ट्रफी लिएका थिए। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यता प्राप्त फिक्स्ट फेस्टिभलले वर्षेनी विभिन्न १६ मुलुकमा स्पोर्टस् फिल्म फेस्टिभल गर्ने गर्छ। सबै देशमा गरिसकेपछि अन्त्यमा मिलानमा संसारभरका स्पोर्टस् फिल्मलाई छनोट गरी फिक्स्ट फेस्टिभल आयोजना गर्ने चलन छ। फिक्स्टको ग्रान्ड फाइनलमा पुरस्कृत भएका फिल्महरूलाई आयोजकले १६ वटै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा रिले गर्ने गर्छ। ‘फिक्स्टजस्तो ओलम्पिक कमिटीबाट मान्यताप्राप्त फेस्टिभलमा मनोनयनमा पर्नु नै ठूलो उपलब्धि हो,’ पुरस्कार थापेपछि पत्रकार/निर्देशक भोजराज भाटले भने। यसैबीच, ‘सुनकली’ ले गत साता जर्मनीमा सम्पन्न बग्र्ग फिल्म फेस्टिभल–टिजेन्जीमा माउन्टेन एन्ड कल्चर विधामा डेढ सय फिल्मलाई पछि पार्दै एक हजार युरोसहित पहिलो पुरस्कार पाएको थियो।
Read More
मुस्ताङ, नेवारी खाना र मरिचमान सिंह

मुस्ताङ, नेवारी खाना र मरिचमान सिंह

कार्तिक १६, २०७२- नायिका अशिष्मा नकर्मी यति बेला प्रदर्शनरत फिल्म ‘अधकट्टी’ को गीत ‘मेरो फिगर कोकाकोला...’ मार्फत फिल्मी दर्शकमा बढी चिनिइन्। उनी त्यसअघि नै नेवारी फिल्मका दर्शकमाझ परिचित कलाकार हुन्। अभिनयमा दत्तचित्त अशिष्मा पछिल्लो समय निर्देशककी मनपर्ने नायिकामा पर्छिन्। उनलाई चाहिँ के मनपर्छ त? ठाउँ अहिलेसम्म पुगेका गाउँमध्ये मन परेको त मुस्ताङ नै हो। नेपाललाई स्वर्ग भनिन्छ। त्यहाँ पुगेपछि बल्ल फिल भयो। सुन्दर क्षितिज, ताल, हिमाल सबैको सम्मिश्रण नै त्यही भएकाले नेपालको स्वर्ग नै मुस्ताङ हो जस्तो लाग्यो। विदेश युरोप मलाई एकदमै मनपर्छ। आइफल टावर हेर्ने ठूलो इच्छा थियो, त्यो पूरा भयो। अब जान मन लागेको ठाउँ अस्ट्रेलिया हो। परिकार नेवारी खाना मनपर्छ। तर म धेरै पिरो खान सक्दिनँ। त्यसैले नेवारीबाहेक जापनिज, कोरियन खाना मनपर्छ। किनकि ती खानामा अलिक स्पाइसी कम हुन्छ। पहिरन किन किन मलाई साडी, लेहेंगा नै मनपर्छ। दैनिक रूपमा त म क्याजुअल पाइन्ट, सर्ट नै लगाउँछु। तर अकेजनल्ली साडी, लेहेंगा लगाइरहेकी हुन्छु। सवारी साधन हाम्रो सडकको अवस्था हेर्दा सबैभन्दा सजिलो त स्कुटर नै हो। मसँग पनि स्कुटर नै छ, त्यही मनपर्छ। ड्याडीले सधैं गाडी किन भन्नुहुन्छ। पैसा पनि दिइसक्नुभएको छ। उहाँको इच्छा पूरा गर्न लिन पनि सक्छु। तर जब मेरो कमाइ बलियो हुन्छ र मेन्टेन गर्न सक्ने हुन्छु तब मात्रै लिन्छु। अहिले पाँच सयले हुन्छ भने गाडी भएपछि पाँच हजार रुपैयाँले पनि नपुग्ला। फिल्म कि म्युजिक भिडियो? दुवै उत्तिकै मनपर्छ। खासमा मलाई अभिनय मनपर्ने भएकाले फिल्म, सर्टफिल्मको होस् वा म्युजिक भिडियोको, सबै मनपर्छ। नेवारी फिल्म कि नेपाली फिल्म? दुवै। नेवारी फिल्म मेरो पहिचान हो भने नेपाली फिल्मले मलाई अशिष्मा भनेर अलि बृहत् रूपमा चिनाएको छ। दुईमध्ये कुन रोज्ने भन्नु भनेको कुन चाहिँ आँखा फुटाउने भनेर सोधे जस्तै हो मेरा लागि। फिल्म लभस्टोरी र त्यसपछि कमेडी फिल्म मनपर्छ। ऐतिहासिक फिल्म पनि हेर्न मनपर्छ। विदेशी फिल्ममा ‘अ वक टु रिमेम्बर’ मनपर्छ भने नेपाली फिल्ममा ‘प्रेमपिण्ड’ र ‘कुसुमे रुमाल’। अभिनेता अहिलेसम्म मनपर्ने एक्टर मेरा लागि त मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) नै हुनुहुन्छ। अभिनेत्री मिथिला शर्मा र गौरी मल्ल। पुस्तक म त्यस्तो साहित्यको पाठक त होइन। तर पढेकामध्ये एकदम मन परेको भनेको ‘द सेक्रेट’ पुस्तक हो। नेता मरिचमान सिंह। अहिलेको अवस्थामा आएर बुझदा देशलाई चाहिने नेता भनेको उहाँ नै हो जस्तो लाग्यो। अहिले हामीलाई राष्ट्रिय स्वाधीनता रक्षाका लागि मरिचमान जस्तो नेता चाहिएको छ।
Read More