काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदृश्य शक्तिले नेपालको स्थिति भड्काइरहेको बताएका छन् । ओलीले अहिलेको स्थिति सिर्जना गर्न पैसा बाँडिएको पनि दाबी गरेका छन् । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नागरिक अगुवाहरूको टोलीसँग शनिबार भएको भेटमा ओलीले प्रधानमन्त्री निर्वाचनमा बालुवाटारबाटै पैसा बाँडिएको दाबी गरेका हुन् । ‘हामी कञ्चनजंघा हलमा बसिरहेका थियौँ । प्रधानमन्त्री त्यहीँ आउनुभयो,’ भेटमा सहभागी जनजाति महासंघका उपाध्यक्ष दण्डु शेर्पाले ओलीको भनाइ उद्धृत गर्दै नयाँ पत्रिकासँग भने, ‘कुराकानीका क्रममा उहाँले यो स्थिति सिर्जना गर्न उतापट्टिको रुममा (औँलाले देखाउँदै) बसेर हिन्दीमा बोल्ने, नेपाली बोल्न नजान्नेले सुटकेसका सुटकेस ल्याएर पैसा बाँडे भन्नुभयो ।’ प्रधानमन्त्री ओलीले बाह्य शक्तिले स्थिति प्रतिकूल बनाउन खोजेको पनि बताएका थिए । ‘अदृश्य शक्तिले स्थिति भाँडिरहेको छ,’ ओलीको भनाइ उद्धृत गर्दै शेर्पाले भने, ‘नेपाली जनताभन्दा पनि बाहिरका शक्तिले भाँडेको देखिन्छ ।’ प्रधानमन्त्री ओलीले नयाँ संविधानको पूरै भारतले विरोध नगरेको पनि बताए । भारतमा विभिन्न पक्ष रहेको र धेरैजसोले समर्थन गरिरहेको उनको भनाइ थियो । ‘भारतले विरोध गर्यो भनिरहेका छौँ । एउटा भारतले विरोध गरेको छ भनेर पूरै भारत बुझ्न हुन्छ रु बिजेपी भारत छ । कांग्रेस आई भारत छ । ‘र’ भारत छ । कर्मचारी भारत छ । सबैले विरोध गरेका छैनन् । धेरैले समर्थन गरेका छन्,’ भेटमा प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘उहाँको आशय भारतीय जनता पार्टीबाहेकले समर्थन गरेका छन् भन्ने थियो ।’ प्रधानमन्त्री ओलीले सयमा सय सहमति सम्भव नभएको पनि बताए । ‘सबै–सबै सहमति कहाँ हुन्छ रु भारतमै छैन,’ ओलीको भनाइ उद्धृत गर्दै शेर्पाले भने, ‘बिजेपी र कंग्रेस आईमै सहमति छैन । डेमोक्रेसीमा एकमत हुँदैन ।’ तराई मधेसको समस्या समाधान गर्न प्रधानमन्त्री ओली गम्भीर नदेखिएको भेटमा सहभागी अर्का एक अगुवाले आरोप लगाए । ‘समस्या समाधानमा उहाँ गम्भीर देखिनुभएन,’ उनले भने, ‘उहाँको यही तरिकाले झनै समस्या ल्याउलाजस्तो छ ।’ नयाँ पत्रिका
प्रधानमन्त्री ओलीको नेतृत्व सरकार टिक्दैन- वरिष्ठ ज्योतिष उपाध्याय(भिडियो सहित) मुलुकमा शान्ति हुन र नाकावन्दी खुलेर सामान्य हुन सरकार परिर्वतन
काठमाडौ : बरिष्ठ ज्योतिष ओजराज लोहनी उपाध्यायले सात महिना पछि मुख खोलेका छन् । बैशाखमा मुलुकमा महा विपत्तिको योग सकिएको छैन मुलुकमा सेना परिचालनको योग छ अजोजमा संबिधान जारी हुन्छ भनेर टोकुवा गरेका थिए ।
तिनै बिषयलाई लिएर सरकारले उनलाई पक्राउ गरेको थियो । प्रहरीको निगरानीमा राखिएका ज्योतिष लोहोनीले यो साल भर नै नेपाललाई राम्रो नभएको ठोकुवा दिएका छन् । दशैको बेला हिमालय टेलिभिजनमा शिव लम्सालसंगको कुराकानीमा भनेका छन प्रधानमन्त्रीको सरकारले धेरै दिन टिक्दैन ।
यो सरकारले तराई समास्या समाधान गर्ने योग छैन । नाकावन्दी अरु छ महिना पुर्णरुपमा खुल्नै छैन ।
कहिले लम्पसार पर्ने, कहिले एकविरुद्ध अर्कोलाई उभ्याउने ?
कार्तिक २१, २०७२- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नागरिका समाजको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्मरणपत्र बुझाएका छन् । तराई–मधेसलगायत देशको विभिन्न ठाउँमा देखिएको समस्याको सम्वादबाट समाधान गर्न र कुटनीतिमार्फत बाह्य समस्याको समाधान गर्न स्मरण पत्रमा माग गरिएको छ ।
स्मरणपत्रमा दमननाथ ढुंगाना, पद्मरत्न तुलाधर, विद्याधर मल्लिकलगायतले हस्ताक्षर गरेका छन् ।
‘संविधानका असन्तुष्टिलाई संविधान संशोधनमार्फत हल खोज्न आग्रह गर्दछौं’, पत्रमा भनिएको छ,‘सरकारबाट अनावश्यक बल प्रयोग र आन्दोलनकारीबाट अराजकताको माध्यमबाट थप मुडभेड ननिम्त्याउने आग्रह गर्दछौं ।’
आन्तरिक समस्याको समाधान आन्तरिकरुपमै गर्नुपर्ने र बाह्य समस्याको समाधान कुटनैतिक रुपमा गर्नुपर्नेमा दुवै समस्यालाई एकै ठाउँमा मिसाएर स्थितिलाई थप जटिल बनाइएको पत्रमा उल्लेख छ ।
कहिले क्षणिक स्वार्थको लागि लम्पसार पर्ने र कहिले एकविरुद्ध अर्काको उपयोग गर्ने बचकना खेलबाट मुक्त हुन भन्दै पत्रमा दुवै छिमेकीको आर्थिक बृद्धिबाट फाइदा लिनुपर्ने उल्लेख छ ।
जेनेभामा कुरा राख्दैमा ‘नाकाबन्दी’ अन्तर्राष्ट्रियकरण हुँदैनः भारत
काठमाडौं – जेनेभामा बुधबार नेपालबारे संयुक्त राष्ट्र संघको २३ औँ विश्वव्यापी आवधिक समीक्षा (युपिआर) बैठकमा परराष्ट्रमन्त्री कमल थापाले सीमा अवरोधको बारेमा गम्भिर रुपमा कुरा उठाएपनि त्यसले नेपाल मामिला अन्तर्राष्ट्रियकरण नभएको भारतले दाबी गरेको छ । जेनभा सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले जेनेभा सम्मेलनमा भारत र नेपालले राखेको कुरा उक्त सम्मेलनको नियमित प्रक्रिया मात्र भएको उल्लेख गर्दै त्यसले मुद्दा अन्तर्राष्ट्रियकरण नहुने बताए । भारतीय पत्रकारले ‘नेपालले सीमाअवरोधको कुरा जेनेभामा राखेपछि के द्विपक्षीय मामिला अन्तर्राष्ट्रिय करण भएको हो ?’ भन्ने प्रश्नमा स्वरुपले सो कुरा बताएका हुन् । स्वरुपले भारतले नाकाबन्दी नगरेको र दैनिकरुपमा परवाहनहरु नेपालभित्री रहेको र सीमा नाकामा आन्दोनकारीहरुले अवरोध गरेका कारण समस्या भएको पूरानो कुरा दोहोराए । ‘हामी सबै नाकाबाट सामान पठाउने सक्दो कोसिस गरिरहेका छौं,’ उनले भने, ‘दैनिक रुपमा भन्ने हो भने ४ सय देखि ६ सय सवारीसाधनहरु नेपाल भित्रिनैरहेका छन् ।’ स्वरुपले नेपालको समस्या राजनीतिक भएका कारण त्यसको समाधान राजनीतिक रुपमै गरिनुपर्ने बताए । ‘हामीले यही सुझाव बारम्बार नेपाललाई दिइरहेका छौं,’ उनले भने । वीरगंजमा नेपाल प्रहरीको गोलीबाट मारिएका भारतीय नागरिकको बारेमा सरकारलाई रिपोर्ट पनि मागिएको उनले बताए । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको बारेमा भने उनले हाल कुनै तयारी नरहेको बताए । ‘प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणको इच्छा देखाउनुभएको थियो । तर हाल कुनै मिति तय भएको छैन,’ उनले भने ।

सुनकली’ लाई युरोपमा दुई अवार्ड
कार्तिक १७, २०७२- मुगाली किशोरीहरूको फुटबल जीवनमा आधारित नेपाली डकुमेन्ट्री ‘सुनकली’ ले युरोपमा पनि दुई अन्तर्राष्ट्रिय अवार्ड जितेको छ। इटालीको मिलानमा आइतबार सम्पन्न ३३ औं मिलानो इन्टरनेसनल फिक्स्ट फिल्म फेस्टिभलमा भोजराज भाट निर्मित ‘सुनकली’ ले छ फिल्मलाई उछिन्दै मुुभी एन्ड टीभी फुटबल विधामा उत्कृष्ट अवार्ड पाएको हो।
५३ देशका डेढ सयभन्दा बढी फिल्महरू प्रदर्शित भएकामा भाटले फेडेरेसन अफ इन्टरनेसनल सिनेमा टेलिभिजन स्पोर्टस् (फिक्स्ट) का अध्यक्ष फ्रान्को अस्कानीमार्फत ट्रफी लिएका थिए।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यता प्राप्त फिक्स्ट फेस्टिभलले वर्षेनी विभिन्न १६ मुलुकमा स्पोर्टस् फिल्म फेस्टिभल गर्ने गर्छ। सबै देशमा गरिसकेपछि अन्त्यमा मिलानमा संसारभरका स्पोर्टस् फिल्मलाई छनोट गरी फिक्स्ट फेस्टिभल आयोजना गर्ने चलन छ। फिक्स्टको ग्रान्ड फाइनलमा पुरस्कृत भएका फिल्महरूलाई आयोजकले १६ वटै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा रिले गर्ने गर्छ। ‘फिक्स्टजस्तो ओलम्पिक कमिटीबाट मान्यताप्राप्त फेस्टिभलमा मनोनयनमा पर्नु नै ठूलो उपलब्धि हो,’ पुरस्कार थापेपछि पत्रकार/निर्देशक भोजराज भाटले भने।
यसैबीच, ‘सुनकली’ ले गत साता जर्मनीमा सम्पन्न बग्र्ग फिल्म फेस्टिभल–टिजेन्जीमा माउन्टेन एन्ड कल्चर विधामा डेढ सय फिल्मलाई पछि पार्दै एक हजार युरोसहित पहिलो पुरस्कार पाएको थियो।

मुस्ताङ, नेवारी खाना र मरिचमान सिंह
कार्तिक १६, २०७२- नायिका अशिष्मा नकर्मी यति बेला प्रदर्शनरत फिल्म ‘अधकट्टी’ को गीत ‘मेरो फिगर कोकाकोला...’ मार्फत फिल्मी दर्शकमा बढी चिनिइन्। उनी त्यसअघि नै नेवारी फिल्मका दर्शकमाझ परिचित कलाकार हुन्। अभिनयमा दत्तचित्त अशिष्मा पछिल्लो समय निर्देशककी मनपर्ने नायिकामा पर्छिन्। उनलाई चाहिँ के मनपर्छ त?
ठाउँ
अहिलेसम्म पुगेका गाउँमध्ये मन परेको त मुस्ताङ नै हो। नेपाललाई स्वर्ग भनिन्छ। त्यहाँ पुगेपछि बल्ल फिल भयो। सुन्दर क्षितिज, ताल, हिमाल सबैको सम्मिश्रण नै त्यही भएकाले नेपालको स्वर्ग नै मुस्ताङ हो जस्तो लाग्यो।
विदेश
युरोप मलाई एकदमै मनपर्छ। आइफल टावर हेर्ने ठूलो इच्छा थियो, त्यो पूरा भयो। अब जान मन लागेको ठाउँ अस्ट्रेलिया हो।
परिकार
नेवारी खाना मनपर्छ। तर म धेरै पिरो खान सक्दिनँ। त्यसैले नेवारीबाहेक जापनिज, कोरियन खाना मनपर्छ। किनकि ती खानामा अलिक स्पाइसी कम हुन्छ।
पहिरन
किन किन मलाई साडी, लेहेंगा नै मनपर्छ। दैनिक रूपमा त म क्याजुअल पाइन्ट, सर्ट नै लगाउँछु। तर अकेजनल्ली साडी, लेहेंगा लगाइरहेकी हुन्छु।
सवारी साधन
हाम्रो सडकको अवस्था हेर्दा सबैभन्दा सजिलो त स्कुटर नै हो। मसँग पनि स्कुटर नै छ, त्यही मनपर्छ। ड्याडीले सधैं गाडी किन भन्नुहुन्छ। पैसा पनि दिइसक्नुभएको छ। उहाँको इच्छा पूरा गर्न लिन पनि सक्छु। तर जब मेरो कमाइ बलियो हुन्छ र मेन्टेन गर्न सक्ने हुन्छु तब मात्रै लिन्छु। अहिले पाँच सयले हुन्छ भने गाडी भएपछि पाँच हजार रुपैयाँले पनि नपुग्ला।
फिल्म कि म्युजिक भिडियो?
दुवै उत्तिकै मनपर्छ। खासमा मलाई अभिनय मनपर्ने भएकाले फिल्म, सर्टफिल्मको होस् वा म्युजिक भिडियोको, सबै मनपर्छ।
नेवारी फिल्म कि नेपाली फिल्म?
दुवै। नेवारी फिल्म मेरो पहिचान हो भने नेपाली फिल्मले मलाई अशिष्मा भनेर अलि बृहत् रूपमा चिनाएको छ। दुईमध्ये कुन रोज्ने भन्नु भनेको कुन चाहिँ आँखा फुटाउने भनेर सोधे जस्तै हो मेरा लागि।
फिल्म
लभस्टोरी र त्यसपछि कमेडी फिल्म मनपर्छ। ऐतिहासिक फिल्म पनि हेर्न मनपर्छ। विदेशी फिल्ममा ‘अ वक टु रिमेम्बर’ मनपर्छ भने नेपाली फिल्ममा ‘प्रेमपिण्ड’ र ‘कुसुमे रुमाल’।
अभिनेता
अहिलेसम्म मनपर्ने एक्टर मेरा लागि त मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) नै हुनुहुन्छ।
अभिनेत्री
मिथिला शर्मा र गौरी मल्ल।
पुस्तक
म त्यस्तो साहित्यको पाठक त होइन। तर पढेकामध्ये एकदम मन परेको भनेको
‘द सेक्रेट’ पुस्तक हो।
नेता
मरिचमान सिंह। अहिलेको अवस्थामा आएर बुझदा देशलाई चाहिने नेता भनेको उहाँ नै हो जस्तो लाग्यो। अहिले हामीलाई राष्ट्रिय स्वाधीनता रक्षाका लागि मरिचमान जस्तो नेता चाहिएको छ।

मंसिर ११ मा दया र जीवनको भीडन्त
कार्तिक १८, २०७२- पुरानो जमानाका निर्देशन सोभित बस्नेत र अहिलेका चर्चित निर्देशक रामबाबु गुरुङका फिल्म मंसिर ११ मा जुध्ने भएका छन् । फर्मुला फिल्मका निर्देशक सोभितले लामो समयपछि बनाएको फिल्म ‘जाउँ हिँड पोखरा’ र रामबाबुको फिल्म ‘कबड्डी कबड्डी’को यो टकरावमा जीवन लुईंटेल र दयाहाङ राईको पनि भीडन्त हुनेछ ।
सोभितको फिल्ममा जीवनका अलावा रेखा थापा पनि मुख्य भूमिकामा छिन् भने हिट फिल्म ‘कबड्डी’को सिक्वेलमा दयाहाङ सँगै सौगात मल्ल र रिस्मा गुरुङ पनि मुख्य भूमिकामा छन् ।
पहिले नै हिट भएको फिल्म, पात्र र लोकेसेन भएकाले यसको फाइदा ‘कबड्डी कबड्डी’ लाई हुनेछ । राजधानी लगायतका ठूला सहर र मल्टिप्लेक्समा कबड्डीको व्यापार राम्रो हुनसक्छ । दयाहाङ र सौगातका कारण पनि यो क्षेत्रमा कबड्डी बलियो हुनेछ । उता जीवन लुईंटेल र रेखा थापाजस्ता ‘व्यवसायीक’ फिल्मका स्टार भएकाले ‘जाउँ हिँड पोखरा’ले पनि दर्शकमा आकर्षण पैदा गर्न सक्छ । यस्तै, उपत्यका बाहिरको बजारमा पनि सोभितको फिल्मलाई बढी फाइदा हुनसक्छ ।
Subscribe to:
Comments (Atom)