मधुमेह रोगबाट कसरी बच्ने ?

डा. यञ्जन गैह्रे मधुमेह व्यवस्थापन र जीवनशैली सल्लाहहरु १) शारीरिक व्यायाम :-दैनिक ४५ मिनेट–१ घण्टा हिड्ने, खेतीबारीमा हलुका काम गर्ने, सामान्य खेलकुदमा सहभागी हुने । २) चिल्लो, गुलियो परिकार नखाने । ३) धूम्रपान, सूर्तीजन्य पदार्थ मद्यपान जस्तै :–रक्सी,चुरोट, खैनी, बिडी, पानको सेवन नगर्ने । ४) लामो समय सम्म भोकै नबस्ने । ५) खाना सँगै सलाद, हरियो सागसब्जी, सुप प्रशस्त मात्रामा खाने बानी गरौं । ६) गहुँ/मकै/कोदो/फापर जस्ता बाट बनेका परिकार खाने गरौं । ७) दैनिक प्रशस्त मात्रामा पानी पीउने गरौं (१ घण्टा =१ गिलास) । ८) योग, ध्यान, प्राणायाम गर्न गरौं र मानसिक तनाव मुक्त जिवन जिउने कला सिकौं । मधुमेह बिरामीको लागि खानाको विवरण (Diabetic Diet Information) खान हुने परिकारहरु :- –प्रशस्त मात्रामा हरियो सागसब्जी –तरकारी जस्तैः– काउली, बन्दा, सलगम, करेला, मेथीको साग, सिमी, फर्सी, च्याउ, लौका, स्कुस, परवर आदि । –फलफूलः– स्याउ, कागती, हरियो आँप, मौसमी, खरबुजा, सुन्तला आदि । –पिउने पदार्थहरु :–फिक्का चिया, हर्बल चिया, कागती चिया, अदुवा चिया (चिनी वा गुलियो बिनाको) ,प्रशस्त मात्रामा हरियो सागसब्जी वा तरकारीको सुप । –अन्य :–सलाद, मसला, धनियाँ, मरिज । –अनाज जस्तै :–ब्राउन राईस, गहुँ, मकै, कोदोबाट बनेका परिकार । –दाल र गेडागुडीको परिकार जस्तै :–चना, केराउ, मुगी, आदिको सुप वा परिकार । –तर निकालेको दुध, पातलो मही, दही, पनिर, आदि । –आलु, कन्दमूल, तरुल, आदि कम मात्रामा । खान नहुने परिकारहरु :– –गुलयो र चिनी युक्त पदार्थहरु र यसबाट बनेका परिकार जस्तै ः–मिठाई, सक्खर, जाम, खुँदो, जेरी, गुलियो जुस, आदि । –बोसोले बनेका परिकार, तेलबाट बनेका परिकार घ्यू, क्रिम, तारे भुटेका खाना, आदि । –जंगफुड जस्तै :–गुलियो चकलेट, बोतल बन्द परिकार, चाउचाउ, बिस्कुट, कुरकुरे, कोल्डड्रिंक, होटलको खाना, समसा, पुरी, केक र बेकरी ष्तझक आदि । –फलफूल :–धरै गुलया फलफूल जस्तै :–आँप, केरा, आदि । नोटः– रोगी हुनु भन्दा पहिले नै प्राकृतिक उपचार र जीवनशैली परिवर्तनबाट निरोगी रहौं । खानामा रोटी, भातको मात्रा २०–४०% र हरियो सागसब्जी+सुपको मात्रा ६०–८०% हुनु जरुरी छ ।

Related Posts