कल्पना पौडेल
काठमाडौँ । औषधिको नियमित प्रयोग गर्ने एचआईभी सङ्क्रमित गर्भवती महिलाबाट जन्मने नवजात शिशुमा सो रोग कम सरेको पाइएको छ ।
राष्ट्रिय एड्स तथा यौन रोग महाशाखाको आव २०७१/७२ को तथ्याङ्कअनुसार एक लाख ४४ हजार ७ गर्भवती महिलामा एचआईभी परीक्षण गरिएकामा ६८ मा सङ्क्रमण देखिएकामा भाइरस प्रतिरोधात्मक उपचारका कारण उनीहरुबाट जन्मेका शिशुमा सङ्क्रमण न्यून देखिएको हो ।
सन् २००४ बाट सुरु गरिएको (एन्टी रेट्रो भाइरस ट्रिटमेन्ट) एचआईभी सङ्क्रमण प्रतिरोधात्मक उपचारका कारण सङ्क्रमित गर्भवती महिलामा सकारात्मक प्रभावका कारण सङ्क्रमणितरहित शिशु जन्मने सम्भावना बढेर गएको महाशाखाको तथ्याङ्कले देखाएको छ ।
राष्ट्रिय एड्स तथा यौन रोग महाशाखाका निर्देशक डा दिपेन्द्ररमण सिंहका अनुसार उपचारको प्रभाव राम्रो परेका कारण नयाँ सङ्क्रमित कम पाइएका र मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आएको छ ।
उहाँले करिब २८ जिल्लामा यो उपचार सजिलै भइरहेको र बाँकी जिल्लाको जिल्ला अस्पतालमा मात्र रहेकाले जिल्लाको सबै भागमा उपचार पु¥याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।
गर्भवती महिलाको स्वास्थ्य परीक्षण गर्दा एचआईभी सङ्क्रमणको पनि सँगै परीक्षण गरी सङ्क्रमित पाइएमा उपचार सुरु गरी जन्मने शिशुलाई सङ्क्रमणबाट जोगाउन सकिने निर्देशक सिंहको भनाइ छ ।
नेपालमा चालु आवमा ३९ हजार २४९ अनुमानित सङ्क्रमित रहेकामा एक हजार ९६८ शिशु सङ्क्रमित पाइएको राष्ट्रिय एड्स तथा यौन रोग महाशाखाका सूचना अधिकृत वीरबहादुर रावलले जानकारी दिनुभयो ।
सङ्क्रमितमध्ये २५ हजार ४४९ पुरुष र १३ हजार ८०० महिला रहेका छन् । यसैगरी ४९८ गर्भवती महिलालाई उपचारको आवश्यकता रहेको पाइएको छ भने दुई हजार ५७६ जनाको एचआईभी/एड्सका कारण मृत्यु भएको छ ।
सरकारले सन् २०२० सम्ममा अनुमानित सङ्क्रमितमध्ये ३६ हजारको परीक्षण गरी ३२ हजारलाई उपचार गर्ने र तीमध्ये २८ हजारमा उपचारको सकारात्मक नतिजा निकाल्ने लक्ष्य राखेको सूचना अधिकृत रावलले बताउनुभयो ।
यस्तै सरकारले सन् २०३० सम्ममा एचआईभी सङ्क्रमण पूर्णरुपमा नियन्त्रण गर्ने लक्ष्य राखेकामा अहिलेकै अवस्था रहे लक्ष्य पूरा गर्न सकिने रावलको तर्क छ । रासस
Showing posts with label Health. Show all posts
Showing posts with label Health. Show all posts
के कारणले बिग्रन्छ मासु ? सुरक्षित राख्न यस्ता छन् डाक्टरका सुझाव
डा. केदार कार्की
पशुपंक्षी काटछाट गरी तीनका शरीरबाट मानिसलाई खान हुने तन्तुलाई मासु भनिन्छ । तर यसरी तयार गरिएको मासु कि त उचित तरिकाले नपकाईएमा वा बेलैमा उचित संचयको व्यवस्था नगरिएमा मासु बिग्रन सक्छ । अनी मासु अस्वादिलो मात्र हैन, विषाक्त पनि हुनसक्छ अनि विरामी पनि पर्न सकिन्छ । मासु हामीले नचाहँदा नचाहँदै पनि जिवाणु विषाणु तथा संक्रमण अनि तीनको मासुजन्य तन्तुमा हुने गतिविधिले मासु कुहिन सक्छ, जसका कारण मासु विग्रने गर्छ । यस्ता जिवाणु विषाणु यात बध पशुवाट आउन सक्छ, अथवा मासु बध र काटछाट कार्यमा संलग्न व्यक्तिबाट पनि हुन सक्छ वा बध गर्न प्रयोग गरिने पानी, अचानो, औजारबाट पनि सर्न सक्छ । भनिन्छ मासुलाई लामो समयसम्म सुरक्षित रुपमा संचय गर्न सकिन्छ तर अनन्तकाल सम्मका लागि भने हैन् ।
मासुमा हुन सक्ने संक्रमणः
मासु विगार्न सक्ने जिवाणु, विषाणु, बध गरिने पशु जीवित हुँदै पनि हुन सक्छन पशु हेर्दा स्वस्थ्य देखिए पनि, सुसुप्त अवस्थाको संक्रमण रहेछन वा वध गर्ने स्थलको सरसफाईको अवस्था, वध गर्ने कार्यमा संलग्न व्यतmीको स्वास्थ्य एवं व्यतmीगत सरसफाईको अवस्था सरसफाईमा प्रयोग हुने दुषित फोहोर पानी तथा वध गर्न तथा मासु काट छाट गर्न प्रयोग गरीने सामाग्री र औजारबाट पनि मासुमा प्रदूषण गराउन सक्छन् । एनथ्राक्स, क्षय रोग, व्रुसेलोसीस, सालमोनेलोसीस, लीष्ट्रीयोसीस, ट्राइकोनोसीस, टिनीएसीस, नाम्ले रोग, यी रोगबाट पशुबाट उत्पादित मासुको प्रयोग गर्नाले मानिसमा सर्न सक्छ । यस्ता रोगी पशुहरु सकभर वध अधिनै गरीने जांचबाट निषेध गरीनुे पर्छ ताकी यीनका मासु मानिसको खाद्यय श्रृंखलामा नपरुन । यती गर्दा पनि वध गर्दा हुन सक्ने मासुमा प्रदुषणबाट हाम्रो जस्तो मुलुकको परिवेषमा भने वच्न गाह्रो छ ।
मासु सुरक्षित राख्ने उपाय:
क) चिस्याउने ख) पकाउने ग) जल विग्रहीकरण घ) रसायनको प्रयोग ङ)अम्ल्याउने च) विकिरण गर्ने
चिस्याएर राखेको मासु कति दिन सुरक्षित हुन्छ ?
रांँगाको मासु १२ महिना बंगुर बदेलको मासु ६ महिना खसी,बोका,भेडा च्याङग्राको मासु ६ देखि ९ महिना कुखुराको मासु ३ देखि ६ महिना सम्म राख्न सकिन्छ ।
मासु किन पकाईन्छ ?
मासु लाई अत्याधिक तापक्रममा पकाउदा जनस्वास्थ्यलाई असर गर्ने सबै खाले जिवाणु ,विषाणु नस्ट पार्दछ । यस वाहेक मासुलाई १५० देखि १६० डिग्री फरेनहाइट तताइ सुरक्षीत गर्न सकिन्छ । यस तापक्रममा सबै नभए पनी धेरै जिवाणु विषाणु नस्ट हुन्छन । यसरी पकाएका मासुका परिकार फ्रिजमा राखि संरक्षण गर्नु पर्ने हुन्छ । यस वाहेक यदि मासुलाई २५० डिग्री फरेनहाइट मा पकायो भने हाम्रो स्वास्थ्यका लागी असर पार्न सक्ने सबै खाले जिवाणु विषाणु नस्ट भएर जान्छन ।यसरी पकाएको मासु अली लामो समय सम्म सुरक्षित राख्न सकिन्छ । यस वाहेक मासु लाई जलविग्रहिकरण गरि सुरक्षित राख्न सकिन्छ त्यो हो सुकुटी ।
यस वाहेक हाम्रो परम्परागत मरमसाला को प्रयोगले पनि मासु सुरक्षित राख्न सकिन्छ ।यी मरमसालाले मासु सुरक्षित मात्र गर्दैनन बरु मासु को स्वाद नै मिठो पार्छ । हेर्दैमा खाउ खाउ लाग्ने बनाउछ । साथै धेरै दिन सुरक्षित राख्न मद्त गर्छ । यसरीप्रयोग गर्ने मासला प्राकृतिक स्वरुपमा हुनुपर्छ ।
यस वाहेक मासुलाई अम्लीकरण गरेर पनि संरक्षीत गर्न सकिन्छ । यसो गर्दा मासु मा हुने कार्वोहाडेटलाई अम्ल अर्थात एसिड मा परिवर्तन गर्नु पर्ने हो जसको असरका कारण मासु जिवाण,विषाणु को संख्या वृद्धि हुदैन जसले मासु विग्रनवाट बचाउछ पनि । अन्यत्रका अभिलेख हेर्ने हो भने मासु लाई विकिरणको माध्यमवाट पनि संरक्षित गरिन्छ । त्यो प्रविधिको चर्चा अली पछि गरौला । यस प्रविधिको प्रयोग पनि माथि भने जस्तै हो दशैमा तपाईले बध,वली चढाएको पशु पंक्षिवाट प्राप्त हुने मासु सके चाडै पकाउनु होला पकाउन झन्झट लागे डिप फ्रिज वा फ्रिजमा राख्नु होला । पकाएको मासु राम्रो सित छोपेर फ्रिजमा राख्नु होला खाना खाने वेलामा राम्रो सित तताउनु नै वेश हुन्छ । यसो गरि चाडबाडको वेला खाएको मासुवाट स्वास्थ्यमा असर नगर्ला की ।
मधुमेह रोगबाट कसरी बच्ने ?
डा. यञ्जन गैह्रे
मधुमेह व्यवस्थापन र जीवनशैली सल्लाहहरु
१) शारीरिक व्यायाम :-दैनिक ४५ मिनेट–१ घण्टा हिड्ने, खेतीबारीमा हलुका काम गर्ने,
सामान्य खेलकुदमा सहभागी हुने । २) चिल्लो, गुलियो परिकार नखाने । ३) धूम्रपान, सूर्तीजन्य पदार्थ मद्यपान जस्तै :–रक्सी,चुरोट, खैनी, बिडी, पानको सेवन नगर्ने ।
४) लामो समय सम्म भोकै नबस्ने । ५) खाना सँगै सलाद, हरियो सागसब्जी, सुप प्रशस्त मात्रामा खाने बानी गरौं । ६) गहुँ/मकै/कोदो/फापर जस्ता बाट बनेका परिकार खाने गरौं । ७) दैनिक प्रशस्त मात्रामा पानी पीउने गरौं (१ घण्टा =१ गिलास) । ८) योग, ध्यान, प्राणायाम गर्न गरौं र मानसिक तनाव मुक्त जिवन जिउने कला सिकौं ।
मधुमेह बिरामीको लागि खानाको विवरण (Diabetic Diet Information)
खान हुने परिकारहरु :-
–प्रशस्त मात्रामा हरियो सागसब्जी
–तरकारी जस्तैः– काउली, बन्दा, सलगम, करेला, मेथीको साग, सिमी, फर्सी, च्याउ, लौका,
स्कुस, परवर आदि ।
–फलफूलः– स्याउ, कागती, हरियो आँप, मौसमी, खरबुजा, सुन्तला आदि ।
–पिउने पदार्थहरु :–फिक्का चिया, हर्बल चिया, कागती चिया, अदुवा चिया (चिनी वा गुलियो
बिनाको) ,प्रशस्त मात्रामा हरियो सागसब्जी वा तरकारीको सुप ।
–अन्य :–सलाद, मसला, धनियाँ, मरिज ।
–अनाज जस्तै :–ब्राउन राईस, गहुँ, मकै, कोदोबाट बनेका परिकार ।
–दाल र गेडागुडीको परिकार जस्तै :–चना, केराउ, मुगी, आदिको सुप वा परिकार ।
–तर निकालेको दुध, पातलो मही, दही, पनिर, आदि ।
–आलु, कन्दमूल, तरुल, आदि कम मात्रामा ।
खान नहुने परिकारहरु :–
–गुलयो र चिनी युक्त पदार्थहरु र यसबाट बनेका परिकार जस्तै ः–मिठाई, सक्खर, जाम,
खुँदो, जेरी, गुलियो जुस, आदि ।
–बोसोले बनेका परिकार, तेलबाट बनेका परिकार घ्यू, क्रिम, तारे भुटेका खाना, आदि ।
–जंगफुड जस्तै :–गुलियो चकलेट, बोतल बन्द परिकार, चाउचाउ, बिस्कुट, कुरकुरे,
कोल्डड्रिंक, होटलको खाना, समसा, पुरी, केक र बेकरी ष्तझक आदि ।
–फलफूल :–धरै गुलया फलफूल जस्तै :–आँप, केरा, आदि ।
नोटः– रोगी हुनु भन्दा पहिले नै प्राकृतिक उपचार र जीवनशैली परिवर्तनबाट
निरोगी रहौं ।
खानामा रोटी, भातको मात्रा २०–४०% र हरियो सागसब्जी+सुपको मात्रा
६०–८०% हुनु जरुरी छ ।
पक्षघात रोगबाट कसरी बच्ने ? (डाक्टरका सुझाव)
भैरहवा । पक्षघातको मुख्य कारण धुम्रपान र मध्यपान भएको एक कार्यक्रमका विज्ञहरुले बताएका छन् ।
विश्व पक्षपात दिवसको अवसरमा विहीवार भैरहवामा न्यूरो एण्ड अलाईड क्लिनीकद्वारा आयोजित पेन्टिंग इक्सीबीसनलाई सम्बोधन गर्दै न्यूरोलोजीस्ट, कार्डीयोलोजिस्टहरुले अस्वाभाविक खानपीनकै कारण पक्षपातका रोगीहरु बढेको जनाएका छन् ।
कार्यक्रममका चिकित्सकहरुले पक्षपातबाट बच्न नियमित व्यायम गर्न पनि सुझाएका छन् । उनीहरुले मध्यपान र धुम्रपानको कारण अधिकांश व्यक्तिहरु पक्षघातबाट ग्रस्त भएको बताए । चिकित्सकहरुले माछा मासु, मसलेदार खानेकुरा बढी खाने, नुन बढी खानेहरुलाई पक्षघात हुने पनि तर्क गरे । उनीहरुले पक्षघातबाट बच्न नुनीलो पदार्थ कम खानुपर्नेमा जोड दिएका छन् । चिकित्सकहरुले दैनिक बढीमा ६ ग्राम भन्दा बढी नुन खान नहुने बताएका छन् । पापड, अचार, चट्नी, दालमोट जस्ता नुनिलो पदार्थ सकेसम्म नखान पनि चिकीत्सकले सुझाएका छन् ।
चिकीत्सकहरुले जिब्रोलाई जत्ति धेरै स्वादीलो लाग्ने खानेकुरा खाइन्छ त्यति नै धेरै रोग शरीर भित्र भित्रीने पनि बताएका छन् । जीम गर्ने हृष्ट पुष्ठहरु पनि एकाएक पक्षघातको शिकार भएको तर्क गर्दै उनीहरुले खानपीन, आरम र मनोरन्जनलाई विशेष समयतालिका बनाएर व्यवस्थापन गर्न पनि सबैलाई आग्रह गरेका छन् ।
चिकीत्सकहरुले व्यस्त जीवनशैली पनि पछिल्लो समय रोगको प्रमुख कारक बनेको बताएका छन् । चिकीत्सकहरुले भनेका छन् “व्यस्त जीवनशैलीको कारण मानिसहरु समयमा खानपीन, आराम र मनोरन्जन लिन पाउदैंनन् । धेरै जंकफुड र बाहिर पाकेका खानेकुरा खान्छन् जसले सेकेन्ड सेकेन्डमा रोग निम्ताईरहेको छ ।” लुम्बिनी क्षेत्रमै पहिलोपटक भैरहवामा भएको उक्त कार्यक्रममा पक्षघातका रोगीहरु, स्थानिय नागरिक अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधीहरु उपस्थित भई पक्षघात रोगको बारेमा जानकारी लिएका थिए ।
न्यूरो एण्ड अलाईड क्लिनीकका जनसम्पर्क अधिकारी विनोद खरेलको सञ्चालन तथा सामाजिक सेवा चीफ अफीसर आसीन गुरुंगको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा चिकीत्सकहरु मुटुरोग विशषज्ञद्वय डा. समीर गौतम र डा. सन्तोष शाह तथा न्यूरोलोजीस्ट डा. सन्तोष भट्टराई लगायतले पक्षघात किन हुन्छ र त्यसको रोकथामको उपाय के हो भन्ने बारेमा स्पष्ट पारेको स्वयंसेवी राजकुमार गुप्ताले जनाएका छन् ।
मुटु रोगीका भगवान
डा. भगवान कोइराला अर्कालाई प्राणदान दिने, जीवनदान दिने कर्मठ नेपाली हुन् । पाल्पाको एउटा साधारण गाउँमा हुर्किएर सङ्घर्षका पाइलाहरु अघि बढाउँदै मुलुकमा कार्डिक सर्जरी (हृदय शल्यचिकित्सा)को क्षेत्रमा असाधारण योगदान गर्ने अनि असाधाारण क्षमतावान डाक्टर हुन् कोइराला ।
शहिद गंगालाल हृदय केन्द्रमा कार्यरत डा. कोइराला ती नेपालीहरुमध्ये पर्दछन्, जो आफ्नो निम्ति मात्र बाँचेका छैनन् । उनको जीवनले समाजलाई उज्यालो दिएको छ । समाजका उज्यालो हुन् भगवान । कतिपय निमुखाहरुलाई उनले जीवन दिएका छन् । नेपालमा हृदय शल्यचिकित्साको एउटा इतिहास बनाउन ठूलो योगदान गरेका छन् डा. कोइरालाले । उनको नाम मात्र भगवान होइन, बिरामीहरुले उनलाई साँच्चिकै भगवान मान्छन् । एकजना आफन्तले उनको नाम ‘भगवान’ राखिदिएका रहेछन् । कारण, उनी सानोमा कोहीसँग बोल्दैनथिए, पढिरहन्थे, ज्ञानी थिए । उनै भगवान अहिले विश्वमै चिनिन्छन् टप कार्डियोलोजिष्टका रुपमा । तर उनी नामसँग कुनै तुक छैन भन्छन् । विरामीको सेवा गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् भगवान । मुटुको उपचार ढुक्कले नेपालमै गर्न उनी सुझाव दिन्छन् । भन्छन्, ‘आफ्नै देशको प्रविधि, उपचार र जनशक्तिमा विश्वास नगर्ने हो भने चाहिँ हाम्रो केही लाग्दैन ।’ हाल नेपालमा वार्षिक १९ हजारदेखि २० हजारजनाको मुटुको शल्यक्रिया हुने गरेको छ । भनिन्छ कोही मान्छे मुटुबाट निर्देशित हुन्छन्, कोही मस्तिष्कबाट । तर, १४/१५ हजारवटा मुटु प्रत्यक्ष हेरेका भगवानले मुटुभित्र कतै दिल देखेनन् । मुटुको कुनै कुनामा इमोशन र सम्वेदना पनि देखेनन् उनले । उनी कानुनको पालना गर्न अस्पतालहरुलाई सुझाव दिन्छन् । कानुन पालना नभएकै कारण संस्थाहरु चलाउने बेलामा उनी छोड्न पनि तयार हुन्छन् कहिलेकाहीँ । ‘कानुन नमानेसम्म म एक इन्च पनि अगाडि बढ्न तयार छैन’, भन्छन्, ‘बिरामी मरेको हेरीहेरी, अस्पताल बन्द भएको हेरीहेरी, भ्रष्टाचारमा ल्याप्चे लगाउनुपर्ने सिचुएसन हेरीहेरी मचाहिँ बस्न सक्दिनँ ।’ डा कोइरालाका अनुसार मुटुरोग तीन थरिका हुन्छन् । अन्य विभिन्न तरिकाका मुटुरोग पनि हुन्छन् । मुटुको नलीको रगत ब्लक हुने, जसका कारण हृदयघातसम्म हुन सक्ने उनी बताउँछन् । हाल नेपालमा १५ देखि २० जना मुटुको शल्यचिकित्सक छन् । पछिल्ला वर्षहरुमा शल्यचिकित्सकहरुको सङ्ख्यामा वृद्धि भएपनि अझै पर्याप्त नभएको उनको बुझाई छ । यीनै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले शनिबार बिर्तामोडस्थित बी एण्ड सी टिचिङ हस्पिटलको भ्रमण गरे । ‘धेरै बेर त होइन, तर केही घण्टा बी एण्ड सीलाई हेरेँ मैले’, उनले भने ‘मूलतः पूर्वाधारको हिसावले चाहिँ यो पूर्ण रुपमा नै प्लानिङ गरिएको रहेछ ।’ निमार्णका केही चरण बाँकी रहेको र अझै केही उपकरण थप्नुपर्ने आवश्यकता उनले देखे । ठूल्ठूला हस्पिटलहरु काठमाडौँमा मात्र भएर नहुने उनको धारणा छ । यस्ता संस्थाहरु समाजको आवश्यकताअनुसार ठीक तरिकाले, पारदर्शी हिसावले, कानुन सम्मत र न्यायोचित तरिकाले चलाउनु पनि त्यतिकै जरुरी रहेको उनले बताए । यसरी अगाडि बढेमा यस्ता संस्थाहरुले समाजमा अत्यन्तै ठूलो भूमिका निभाउने उनी बताउँछन् । बी एण्ड सी लाई सघाउन आफू तयार रहेकोसमेत उनले प्रष्ट पारे । राजधानी बाहिर पनि ठूल्ठूला अस्पतालहरुले स्वास्थ्य सुविधा प्रदान गरिरहेको हुँदा नयाँ बन्ने स्वास्थ्य नीतिले त्यस्ता अस्पतालहरुलाई समेट्नुपर्ने उनी बताउँछन् । अस्पताल चलाउन सजिलो नभएको बताउँदै आएका उनी पारदर्शी र कानुनसम्मत ढंगले चलाउन सक्नुपर्ने धारणा राख्छन् । दुरदर्शी हिसावले सोचेर बी एण्ड सीलाई सञ्चालन गर्नुपर्ने उनको सुझाव छ । ‘यो क्षेत्रमा त पेइङ क्यापासिटी भएका जनता पनि छन्, धान्न सजिलै हुन्छ होला’, उनी भन्छन्, ‘एकैपटक धेरै कम्लिकेटेड रोगहरुमा जम्प गर्नुभन्दा चरणबद्ध रुपमा विकसित गर्दै लानु नै उपयुक्त हुन्छ ।’ समाजकै एउटा हिस्सा भएको नाताले गुणस्तरीय सेवा दिनु हस्पिटलको दायित्व भएको उनी बताउँछन् । सुरुका २/४ वर्ष गाह्रो भएपनि ठीक तरिकाले चलाएमा अस्पताल अगाडि बढ्ने उनको विश्वास छ । पछिल्लो समय शहरी क्षेत्रमा मुटुरोगीको सङ्ख्या बढिरहेको छ । मोटोपना, पर्याप्त व्यायामको कमी, धुवाँधुलो, खानपान लगायतका कारणले मुटुका विरामी बढेको हुनसक्ने उनको भनाइ थियो । गर्भवती महिलाले धुम्रपान, मद्यपान गरे बच्चाको मुटुमा असर गर्ने कोइराला बताउँछन् । डा. कोइरालाले केही समयपछि बी एण्ड सी मा सेवा दिने विषयमा कुराकानी चलिरहेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिएका छन् ।
Subscribe to:
Posts (Atom)